STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा हल खोल्ने चलचित्र संघको घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ३०, मंगलबार

कोरोना भाइरसको संक्रमणको महामारीको जोखिमका कारण गत वर्षको चैत ९ गतेदेखि बन्द भएका सिनेमा हलहरु अन्तत: यही पुस १० गते शुक्रबारका दिनदेखि खुल्ला हुने भएका छन् ।

नेपाल चलचित्र संघले अहिले भरखरै आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइको छ ।

‘चरणवद्ध आन्दोलन गर्ने’ घोषणासंगै संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने स्वयं घोषणा गरेका गरेको हो ।

संघद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ—‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र (चलचित्र निर्माण, वितरण तथा प्रदर्शन) हो । जसका कारण निर्माता, वितरक तथा प्रदर्शकहरुलाई अत्यधिक आर्थिक नोक्सानी भै यो क्षेत्र नै धराशायी भएको छ भने कलाकार तथा प्राविधिकहरुलाई दैनिक गुजारा गर्न समेत कठिन भएको छ ।’

संघको अध्यक्ष मधुसुदन प्रधानद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘वर्तमान समयमा लकडाउन पूर्ण रुपमा हटाई मुलुकभर हवाइ याताताय, बस व्यवसाय, होटल, रेष्टुराँ, व्यवापार, व्यवसाय तथा सम्पूर्ण उद्योग तथा कलकारखानाहरु पूर्ण रुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर अर्थात सिनेमा हल सञ्चालन गर्ने स्वीकृति प्राप्त नभएकाले हुँदा संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड समेत अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने मिति (पुस १० गते) स्वयं घोषणा गरी सरकार समक्ष केही माग राखी चरणवद्ध आन्दोलनको घोषणा गरेका छौं ।’

‘आजसम्म पनि सरकारले चलचित्र घर सञ्चालन गर्ने तर्फ कुनै चासो नदिएकाले संघले बाध्य भएर मिति २०७७ साल पुस १० गते शुक्रवारदेखि नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड समेत अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने तथा सरकार समक्ष निम्न माग राखी चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

संघले राखेका मागहरु यस्ता छन्

  • चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनु पर्ने ।
  • चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महशुलको 
  • डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनु पर्ने ।
  • मौद्रिक नीति चलचित्र क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनु पर्ने ।
  • चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनु पर्ने ।
  • मनोरञ्जन कर खारेज हुनु पर्ने ।
  • दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनु पर्ने ।
  • चलचित्र विकास शुल्क खारेज हुनु पर्ने ।
  • बाँकी बक्यौतामा कर तथा शुल्कहरु २०७८ असार मसान्तसम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनु पर्ने ।
  • चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार महसुल छुट हुनु पर्ने ।

Categorized in सिनेमा