STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुस १० गतेदेखि फिल्म हल खुल्ने !

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २९, सोमबार

काठमाडौं – कोरोना भाइरस महामारीका कारण गत चैतदेखि बन्द हलहरु यही पुस १० गतेदेखि खाेल्ने एकतर्फी घाेषणा भएकाे छ ।

हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् ।

सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय नगरेपछि नेपाल चलचित्र संघले फिल्म हल खोल्ने घोषणा गरेको हो ।

९ महिना हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँ भन्दा बढी घाटा लागेको व्यवसायीहरुकाे भनाइ छ ।

व्यवसायीहरुले अहिले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेका छन् ।

हल व्यवसायीले चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महशुलको डिमाण्ड चार्ज मिनाहा हुनपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने माग गरेका छन् । 

त्यस्तै दुई बर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी कर तथा शुल्कहरु २०७८ साल असार मसान्तसम्म बुझाउँदा पनि जरिवाना मिनाहा हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने माग पनि व्यवसायीको छ ।

Categorized in सिनेमा