STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छायांकन गर्ने केन्द्र बन्दै दामनको भर्याङ

Janjati Khabar – रासस | २०७७ कार्तिक १, शनिबार

टिस्टुङ – पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भ¥याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । 

नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । राष्ट्रिय समाचार समिति (रासस) मा यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भर्याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ । 

एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानद्वारा निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन यो फलामे भ¥याङमा भएको हो । 

कलाकार एवम् निर्देशक विजयश्याम अमात्यले आफ्नो भिडियो निर्देशनको यात्रामा २७ औं म्युजिक भिडियो फलामे भर्याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताउनुभयो । रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको सङ्गीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुभाष सोनामले मोडेलिङ गर्नुभएको छ भने पालुङ जेसीजका पूर्वअध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत यसमा अभिनय रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ । 

दामनको भर्याङमा म्युजिक भिडियो छायांकन गर्न मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा पुग्नु भएको थियो । उहाँले आफ्नै स्वर तथा सङ्गीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको बताउनुभयो । गीतकार बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र सञ्चारकर्मी अमृत चिमोरियाको अभिनय छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ । 

“यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भर्याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित गर्यो”, अस्लामीले भन्नुभयो । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र भर्याङका दृश्यहरु कैद गरिएका छन् । 

त्यस्तै फलामे भर्याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुका लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भर्याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताउनुभयो । 

 

Categorized in सिनेमा