STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुशान्तको मृत्यु आत्महत्या पुष्टि : के कंगनाले पद्मश्री फिर्ता दिनेछिन् ?

Janjati Khabar – एजेन्सी | २०७७ आश्विन २२, बिहिबार

अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण आत्महत्या भएको पुष्टि गरी एम्सले हालै अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । सीबीआईले पनि यसअघि नै सुशान्तको मृत्युको कारण आत्महत्या नै भएको पुष्टि गरिसकेको छ । 

एम्सको यही रिपोर्ट सार्वजनिक भएसँगै ट्‍‌विटरमा कंगनालाई अवार्ड फिर्ता गर्न भन्दै ट्रोल गरिएको छ । यस्तै अभिनेत्री स्वरा भास्करले पनि ट्‌विट गर्दै यसबारे बोलेकी छिन् । स्वराले भनेकी थिइन्, “कोही व्यक्ति अब आफ्नो अवार्ड फिर्ता गर्छन् ?” यसका साथै ट्‌विरमा ह्यासट्याग कंगनाअवार्डवापसकरो भन्‍ने अभियान सुरु भएको छ ।

अभिनेता सुशान्तको मृत्यु, आत्महत्या नभई हत्या भएको र यदि आफ्नो कुरा गलत पुष्टि भए आफूले पाएको ’पद्मश्री’ अवार्ड फिर्ता दिने कंगनाले बताएकी थिइन् । कंगनाको यही अभिव्यक्तिका कारण अहिले उनी ट्रोलमा तानिएका हुन् ।

यसबीच कंगनाले आफ्नो जवाफ फर्काएकी छिन् । कंगनाले आफूले उक्त अभिव्यक्ति भएको अन्तर्वार्ताको भिडियो ट्‌विटरमा सेयर गर्दै लेखेकी छिन्, “यो हो मेरो अन्तर्वार्ता यदि स्मृति कमजोर छ भने फेरि हेर्नुहोस्, यदि मैले एउटा पनि झुटो वा गलत आरोप लगाएको छु भने म आफ्नो सबै अवार्ड फिर्ता गर्नेछु, यो एक क्षत्रीयको वचन हो, म रामको भक्त हुँ, प्राण जाओस् तर वचन जाँदैन, जय श्री राम ।” यसो लेख्दै उनले ह्यासट्याग कंगनाअवार्डवापसकर अभियानलाई ट्याग गरेकी छिन् ।

Categorized in सिनेमा