सिनेमा
-
२०७७ श्रावण १०, शनिबार
१० करोडको क्षतिपुर्तिसहित भुवन केसीले गरे साम्राज्ञीविरुद्ध मुद्दा दायर
काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोडको क्षतिपुर्तिको मागदावीसहित गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । केसी र शाहविरुद्ध गहिरो विवाद रहेकाे छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले...
-
२०७७ श्रावण ३, शनिबार
लकडाउनले चलचित्र क्षेत्रमा पारेको असरबारे लेख्ने उत्कृष्ट पत्रकार पुरस्कृत
विजयरत्न असंबरे कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको लकडाउन ले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा मध्ये उत्कृष्ट ठहरिएका लेख रचनालाई अाज एक कार्यक्रममा पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरे अनुसार संघमा प्राप्त भएका मध्ये छनौट समितिले मापदण्ड सहित मूल्याङ्कनको आधारमा...
-
२०७७ आषाढ २९, सोमबार
जी, आजतक, इन्डिया टिभी र एबीपी बाहेक अन्यको प्रसारण सुचारु
काठमाडाैं- केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानल बाहेक अन्य च्यानलको प्रसारणमा सुचारु गरेका छन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू सुचारु गर्ने निर्णय गरेको हो । डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार, डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोके पनि अन्य केबल अपरेटरहरुले भने अरु...
-
२०७७ आषाढ २८, आइतबार
अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि
एजेन्सी – भारतीय सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । बलिउड क्षेत्र यतिबेला महानायक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ । भाइरसबाट संक्रमित बनेका महानायकको विषयमा भारतीय सञ्चार माध्यमले विभिन्न घटनाहरुको बारेमा सार्वजनिक गरेका छन् । अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्। उनले भनेका छन्, 'मेरो कोभिड-...
-
२०७७ आषाढ २८, आइतबार
ऐश्वर्या रायलाई पनि कोरोनाभाइरसको संक्रमण
बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् । यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ । ऐश्वर्या र जयाको कोरोना रिपोर्ट...
-
२०७७ आषाढ २८, आइतबार
विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार प्रदान गरियाे
जनकपुरधाम : नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यका बारेमा दीर्घ लेखनका लागि उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रदेश नं २ का प्रमुख तिलक परियारले...
-
२०७७ आषाढ २७, शनिबार
सामाजिक सञ्जालका र सञ्चार माध्यममा आएका विवादहरुमा कलाकार सङ्घले मुख फोडे
विजयरत्न असंबरे नेपालको चलचित्रमा कार्यरत चलचित्रकर्मि अरुका बारेमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ भने यसबारे सङ्घले आफ्नो धारणा अगाडि ल्याएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी...
-
२०७७ आषाढ २६, शुक्रबार
नेपालमा भारतीय न्यूज च्यानल बन्द
काठमाडौँ- केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ।विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको हो । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको...
-
२०७७ आषाढ २५, बिहिबार
शोले फिल्ममा सुरमा भोपाली बनेका कलाकार जगदीपको निधन
विजयरत्न असंबरे हिन्दी फिल्म क्षेत्रको एक सफल एवं लोकप्रिय चलचित्र ‘शोले’मा सुरमा भोपालीको चरित्र निभाउने कलाकार जगदीपको हिजो बुधबार साँझ भारतीय समयअनुसार ८ः४० मा ८१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भयो । सन् १९३९ मार्च २९ मा जन्मिएका जगदीप विशेष गरी कमेडी आर्टिस्टको रुपमा लोकप्रिय रहे । उनको वास्तविक नाम शैयद ईश्तियाक अहमद जाफरी हो । बाल्यकालदेखि नै चलचित्र क्षेत्रमा बालकलाकारको रुपमा प्रवेश...
-
२०७७ आषाढ २५, बिहिबार
लकडाउनको पालना गर्दै ‘डान्सिङ वीथ द स्टार नेपाल’ हुने
विजयरत्न असंबरे कोरोना महामारी संसार भरी फैलिएको कारण १०० दिनभन्दा अगाडिदेखि घरमै थुनिएर बसेका दर्शकहरुले अब छिट्टै नै लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ । ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, तर अकस्मात कोरोना...
-
२०७७ आषाढ २२, सोमबार
आँखा दानको कथामा आराध्य लक्ष्मी सरस्वती बन्दै
विजयरत्न असंबरे कोरोना संक्रमणबाट बच्न लकडाउन पालना गर्दै अन्तत: २२ मिनेटको " सरस्वती " नामको लघु चलचित्र (Docu drama) तयार गरीएको छ। आँखादानबारे जनचेतना जगाउने यो लघु चलचित्रमा शुभ बहादुर सुनाम र राजु सिंहको संगीत रहेको दुई गीतहरु रहेका छन् भने ती गीतहरुमा आनन्द कार्की, निशा देशार, सुरज कुमार थापा, सरिता शाही, जीना रसाईलीको स्वर रहेको छ । गीतहरुकालागि संगीत संयोजन जीवित जल्मी र राजेश श्रेष्ठले...
-
२०७७ आषाढ २१, आइतबार
निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता
विजयरत्न असंबरे वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिता निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित School of Indian Percussion and Music को १ महिने अनलाईन कोर्ष छात्रवृत्ति तथा नगद रु १० हजार जितेका छन् । अनलाईन तबला वादनको ग्रायण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय...



