STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७६ मङ्सिर १७, मंगलबार

    राष्ट्रिय चलचित्र महोत्सव उपसमिति गठन

    आगामी पुस ११, १२ र १३ गते दाङमा हुन लागेको राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव–२०७६ सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक केएल पीडितका अध्यक्षतामा सोमबार बसेको बैठकले प्रचारप्रसार, आर्थिक, चलचित्र प्रदर्शन र कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरेको हो । सोअनुसार सचिव पाण्डव शर्माको संयोजकत्वमा प्रेम राम्जा, दशरथ घिमिरे, सुशीला वली, सपना बोहरा, देव यादव, लीलाधर...

  • २०७६ मङ्सिर १५, आइतबार

    सीताराम विवाह महोत्सव मनाइँदै

    प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु...

  • २०७६ मङ्सिर १२, बिहिबार

    विश्व प्रसिद्ध चाइनिज सिरियल नेपालीमा

    चीनको केन्द्रिय टेलिभिजन सिसिटिभीले सन् १९८४ सालमा निर्माण गरेको पश्चिमतिरको यात्रा नामक टेलिसिरियल नेपाली भाषामा तयार भएको छ। यस धारावाहिक टेलिसिरियलको गत चारबर्ष अगाडि नेपालमण्डल टेलिभिजनवाट पहिलो पटक प्रसारण भएको थियो भने त्यसपछि नेपालमण्डल टिभि बाटै फेरी दोश्रो पटक पनि प्रसारण भैसकेको छ भने यो हप्ताबाट पुनः तेस्रो पटक नेपालमण्डल टिभि बाट र इन्डिजिनियस टेलिभिजनवाट समेत प्रसारण हुने भएको छ। सो...

  • २०७६ मङ्सिर १२, बिहिबार

    शुक्रबार भेट्रान सिंगरहरुको लाईभ कन्सर्ट लाजिम्पाटमा

    नेपाली संगीत क्षेत्रका स्टारहरु, जो हालको समयमा नयाँ पुस्ताले सम्मान स्वरुप भेट्रान संगीतकर्मीको रुपमा लिने गरेका चर्चित संगीतकर्मीहरुले नयाँ पुस्ताका संगीतकर्मीहरु सामू भेट्रान कलाकारहरु पनि हालसम्म सक्रिय रुपमा सांगितिक इतिहासमा इतिहास कोर्दैछौं भन्ने सूचकको रुपमा संगीत सागरमा तरंगित हुँदै आइरहेका छन् । भेट्रान सिंगरहरु भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, संजय श्रेष्ठ र क्रसरोडस् ब्याण्डस्...

  • २०७६ मङ्सिर १०, मंगलबार

    डाँडाझेरी महोत्सव बिहीबारदेखि

    बुलिङ्टार गाउँपालिका, डाँडाझेरीमा पर्यटन प्रवद्र्धन र स्थानीय कृषि उत्पादनको बजारीकरणका लागि यही मङ्सिर १२ देखि १६ गतेसम्म डाँडाझेरीको भाङ्वारीमा प्रथम डाँडाझेरी महोत्सव हुने भएको छ । डाँडाझेरी गैँडाकोट विकास समाजले यहाँको कृषि उत्पादन र पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । समाजका अध्यक्ष दुर्गाबहादुर मसराङ्गी मगरका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष...

  • २०७६ मङ्सिर ९, सोमबार

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो । आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो भने तारापती सुवेदीले...

  • २०७६ मङ्सिर ८, आइतबार

    सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भिडियोसहित

    मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । संगीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम...

  • २०७६ मङ्सिर ५, बिहिबार

    अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

    ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि यहाँ अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ । विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ । महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास...

  • २०७६ मङ्सिर ३, मंगलबार

    मयुर नाच संरक्षणमा नगरपालिका

    जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी...

  • २०७६ मङ्सिर ३, मंगलबार

    खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

    यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो । सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले...

  • २०७६ मङ्सिर १, आइतबार

    नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई

    नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो...

  • २०७६ कार्तिक २८, बिहिबार

    आर्यम नकर्मिको सनाखत चलचित्रमा मदन कृष्ण श्रेष्ठ

    नेपालभाषका विख्यात कथाकार लक्ष्मण राजंवशीको कथमा आधारित एउटा चलचित्र बन्ने भएको छ । ए.एन. इन्टरटेन्मेन्ट को प्रस्तुतीमा रहेको सो नेपाली कथानक चलचित्र सनाखत एउठा समाजिक वियोगान्त कथा हो । यस चलचित्रको पटकथा तथा संम्वाद आर्यम नकःमिले लेख्नु भएको छ । आर्यम नकःमि यस चलचित्रका निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो चलचित्र नेवार भाषा र नेपाली भाषामा तयार गरिने छ । यस चलचित्रको मुख्य भुमिकामा नेपालका...

Pages