STC 810x100 adv
janswastha 11 11 78

सौगात मल्ल र सलोन बस्नेतको घनचक्करको प्रमोशनल गीत नेपालभाषामा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २७, शुक्रबार

सौगात मल्ल र सलोन बस्नेत को "घनचक्कर"असार १० गतेदेखि रिलिजको तयारीमा रहेको छ भने सोही फिल्म ‘घनचक्कर’को  प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ । प्रचारप्रसारको क्रममा एउटा प्रमोशनल गीत  नेपालभाषामा बनेको गीत पनि सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकारबीचको प्रेम र पैसाको चक्करमा हिंड्ने उनीहरुको स्वभाव चित्रण छ । बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर रहेकोछ ।

कमेडी फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल,ममता प्रधान, कश्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी लगायतको अभिनय रहेकोछ ।

सुसन प्रजापतिले छायांकन रहेको यो फिल्ममा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत र मित्र गुरुङको सम्पादन छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजीले वितरण गर्दैछ ।

गीत हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेस्

https://youtu.be/C-foiTPW968

Categorized in सिनेमा
Newa Online Adv