STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वेब सिरिजका रुपमा सौभाग्य आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ २०, सोमबार

अहिले मनोरन्जन संसारमा वेब सिरिज विश्वव्यापी रुप मै आक्रामक रुपमा लोकप्रिय भईरहेको छ भने नेपालमा पनि यसको लोकप्रियता बढ्दै गइरहेको छ । यसै क्रममा  नेपालभाषाको चलचित्र र संगीत क्षेत्रमा  सकृय  कलाकर्मि स्वतन्त्रसंसार महर्जनको संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपालले "सौभाग्य" नामक एक वेब सिरिज निर्माण गरिरहेको छ । 

प्रेमहा संसार महर्जनको प्रस्तुति का रुपमा तयार भईरहेको यस वेब सिरिजका लेखक र निर्देशक प्रदीप सिं थापा हुनु हुन्छ । "थ्व जिगु नुगः" लगायतका नेपालभाषाका चलचित्र निर्देशन गरीसक्नु भएका निर्दशक थापा एक लामो अन्तराल पछी निर्दशन क्षेत्रमा   "सौभाग्य" वेब सिरिज मार्फत पुनरागमन गर्दै हुनु हुन्छ । यो सिरिजका कार्यकारी निर्माता स्वतन्त्र संसार महर्जन हुनु हुन्छ भने ग्राफिक्स र सम्पादन कार्य पनि उहाँ आफैले गरिरहनु भएको छ ।

यस वेब सिरिजको छायांकार दीप शेपाली हुनु हुन्छ भने मेक अप रोजी कार्की,निर्माण नियन्त्रक उजय शाही,निर्माण ब्यवस्थापक विष्णु भक्त डंगोल हुनु हुन्छ भने दीपक विवश आँशुको रचना रहेको शिर्षक गीतको संगीत मन्जु नकर्मीले सिर्जना गर्नु भएको छ । यो गीतको लागि संगीत संयोजन बुद्ध सायमीले गर्नु भएको छ भने राग पौडेल र रितु श्रेष्ठले आवाज दिनु भएको छ । 

श्रावणको पहिलो हप्ता बाट  संसार्स अनलाइन टेलिभिजनको युट्युब मार्फत सार्वजनिक गर्ने योजना रहेको यो सिरिजको हाल सम्पादन कार्य तिब्रता का साथ भईरहेको छ भने यसको सम्पूर्ण पोस्ट प्रोडक्सन कार्य संसार क्रियशन्स नेपाल, खोकना, ललितपुर मा भईरहेको छ ।  

यस सिरिजका मुख्य कलाकारहरुमा रश्मी भट्ट, प्रदीप सिं थापा, टंक खड्का, चण्डा बिदारी, स्मृति पौडेल, पारवती अधिकारी, चिरीबाबु महर्जन, विक्रम खड्गी आदि लगायत अन्य धेरै कलाकारहरुको पनि अभिनय हेर्न पाइने छ ।

Categorized in सिनेमा