सिनेमा
-
२०७९ जेठ २३, सोमबार
अग्रज अभिनेता सरोज खनाल पनि चलचित्र निर्देशनमा
अग्रज अभिनेताका रुपमा ख्याति कमाएका सरोज खनालले अब चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । यसभन्दा अघि नाट्यकर्मी सुनिल पोखरेल द्वारा अभिनित लघुचलचित्र "बिहानीमै अस्ताएको सुर्य" को निर्देशन गरिसकेका सरोज खनालले निर्देशन गर्ने नयाँ चलचित्र‘बगान’को आइतवार काठमाडौंको चाबहिलस्थित विकास बोर्डको हलमा सिनेमाको औपचारिक निर्माण घोषणा गर्दै त्यस चलचित्रको ‘इन्ट्रो टिजर’ र गीत ‘तिम्रो सुन्दर आँखा...
-
२०७९ जेठ २०, शुक्रबार
‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने
उदियमान अभिनेताका रुपमा चर्चित मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको चलचित्र 'शमशेर’ छायांकनको तयारीमा रहेको छ भने सो चलचित्रमा उनले मुख्य भुमिकामा अभिनय समेत गर्दैछन् । यस्तै यस चलचित्रको कलाकारमा ख्याति प्राप्त अभिनेता सुनिल थापा पनि थपिएका छन् । ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरहेको...
-
२०७९ जेठ १९, बिहिबार
संसार क्रियशन्स नेपालद्वारा निर्मित "नजाउ टाढा क्षितिजमा" गीत छिट्टै सार्वजनिक हुने
संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपाल द्वारा निर्मित "नजाउ टाढा क्षितिजमा "बोलको गीतको नेपाली म्युजिक भिडियो चाँडै सार्वजनिक हुने भएको छ । दिपक बिबश आँसुले रचना गर्नु भएको यो गीतलाई गायिका कल्पना श्रेष्ठले स्वर दिनु भएको छ । यो म्युजिक भिडियोमा स्वतन्त्र महर्जन,शोभा महर्जनका साथमा संम्बत संसार महर्जनले पनि बाल कलाकारको रुपमा अभिनय गर्नु भएको छ । संम्बत संसार महर्जन सकृय...
-
२०७९ जेठ १८, बुधबार
अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा पुरस्कार
परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरु सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीहरुलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री रेखा थापा,...
-
२०७९ जेठ १८, बुधबार
नेपाल अफ्रिका फिल्म फेस्टिबलमा "कुइनेटो" सर्वोत्कृष्ट ठहर
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आयोजना गरिएको १०औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा...
-
२०७९ जेठ १७, मंगलबार
कबड्डी ४ की अभिनेत्रीकाे उजुरीमा समातिएका लामा रिहा
काठमाडौँ - 'कबड्डी ४’की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशपछि बौद्ध भिक्षुसमेत रहेका लामालाई छाेडिएकाे हाे । यसअघि अभिनेत्री मगरविरूद्ध चाबहिल केएल टावरअघि प्रदर्शन भएको थियाे । आज (मंगलबार) प्रदर्शनीकारीले अभिनेत्री मगर विरुद्ध नाराबाजी...
-
२०७९ जेठ १६, सोमबार
कबड्डी ४ को अपार विस्फोटक व्यापार पछी अब सौगात मल्लको घनचक्कर आउने
नेपाली चलचित्रले दर्शक तान्न सकेन भनेर रोइलो चलिरहेको बेला गत हप्ता रिलिज भएको कबड्डी ४ चलचित्रले विस्फोटक व्यापार गरेर ठुलो खुशी ल्याइदिएको छ भने अब यो हप्ता सौगात को एउटा नयाँ चलचित्र आउने भएको छ। सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको फिल्म ‘घनचक्कर’असार १० गते रिलिज हुने भएको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन...
-
२०७९ जेठ १६, सोमबार
नेपाल अफ्रिका फिल्म फेस्टिबल आरम्भ
काठमाडौं - कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोज ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ । आइतबार सो महोत्सवको चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले उद्घाटन गरे...
-
२०७९ जेठ १५, आइतबार
लण्डनमा नेपाली फिल्म महोत्सव हुने
लण्डन अवस्थित नेपालीहरुको संस्था थर्ड आईको आयोजनामा बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले पाँच दिनभित्र दस वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए । थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट...
-
२०७९ बैशाख २०, मंगलबार
भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश
काठमाडौं - भुवन केसी, श्वेता खड्का,रविन्द्र खड्का लगायतका कलाकारहरु कांग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई अभिनेता नीर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल...
-
२०७९ बैशाख १४, बुधबार
हाँसोको फोहोरा लिएर चिट्ठी आउने
चालिस् वर्ष जति अगाडि आएको हास्य प्रधान चलचित्र के घर के डेरा बाट शुरु भएको कमेडि जनाराको चलचित्र यात्रामा पछी लोभिपापी , छक्का पन्जा सिक्वेल सम्म पुग्दा यो विधाले सजिलै दर्शकहरुको मन जितेको देखिन्छ । अब यसै विधालाई अंगालेर चिट्ठी नामक चलचित्र आउने भएको छ । चिट्ठी चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहनेछ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । नेपाली कथानक चलचित्र...
-
२०७९ बैशाख १०, शनिबार
अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा
अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आज (शुक्रबार) काठमाडौँको नागार्जुन रानिवानस्थित रेसु भिल्लामा अमेरिका बस्दैआएका आशिष गेलालसँग विवाह गरेकी हुन् । वर्षाले गोप्य रूपमा बिहे गरेको भन्ने ‘गसिप’ शुक्रबार बिहानैदेखि चलिरहेको थियो । तर उनले विवाह गरिन् भन्ने पुष्टि गर्ने कुनै आधार थिएन । शुक्रबार दिउँसो दुलहाको गेटअपमा सजिएका वर्षाका प्रेमी आशिषको तस्बिर सामाजिक सञ्जालमा...



