STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आदिबासी जनजाति चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्ने माग

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

आदिबासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

नेवाः फिल्म सोसाईटीले चलचित्र विकास बाेर्डकाे सह आयोजनामा  असार १९ देखि २१ गतेसम्म कुमारीपाटी ललितपुरस्थित स्कूल अफ फिल्म मेकिङमा तीन दिने एडभान्स्ड भिडियोग्राफी कार्यशालाको  समापन कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति लाद्न नहुनेमा जोड दिए का छन् ।

कार्यक्रममा बोल्दै आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले महासंघकै पहलमा राज्यले बनाएको चलचित्र ऐनमा आदिबासी जनजातिको प्रतिनिधित्त्व सुनिश्चित बनाउन सकेको बताउनुभयो ।

मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा पाइएपनि सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो रहेको सुनुवारले बताउनुभयो ।

यस सम्बन्धमा या त छुट्टै आदिबासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराउनुभयो ।

अहिलेको समयमा जनजाति चलचित्रको निर्माणको संख्या बढे पनि लगानी उठाउन ठुलो समस्या रहेको उहाँको भनाइ थियो ।

उक्त कार्यशाला समापन समारोहमा बोल्दै सोसाईटीका अध्यक्ष बिराज काजी राजोपाध्यायले युवाहरु लक्षित यस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्र तर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी पनि गराउनुभयो ।

सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे ।

३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिनुभएको थियो । समापन समारोहमा महासंघका अध्यक्ष सुनुवारले कार्यशालाका सहभागी साथै प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

Categorized in सिनेमा