STC 810x100 adv
janswastha 11 11 78

भुवन के.सी.लाई बढाइ थाप्न भ्याइनभ्याइ

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ श्रावण १९, बिहिबार

काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई अहिले बढाइ थाप्न भ्याइनभ्याइ भइरहेको अवस्था छ । एकातिर  उनलाई बढाइ थाप्नमा नै  भ्याइनभ्याइ भइरहेको अवस्था छ भने अर्कोतिर चलचित्र संग सम्बन्धित समस्याहरु सुन्दै नै दिन बितिरहेको अवस्था अवस्था छ । यी सब कुरालाई ध्यानमा राखेर अब उनले चलचित्रसंग सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गरी सबैको समस्या माथि मन्थन् गर्ने सोच बनाएका छन् । बढाइ थाप्ने क्रममा बुधबार मात्रै उनले चलचित्र सम्बन्धि नेपालको सबै जेठो संस्था नेपाल चलचित्र संघ र अादिबासी मातृभाषी चलचित्रकर्मीहरु को छाता संगठन आदिवासी जनजाति चलचित्र महासंघको प्रतिनिधिहरुसँग भेटघाट गरेका छन् । 

यसै क्रममा उनले आफु चलचित्र क्षेत्र र यस क्षेत्रमा विद्यमान समस्याहरु राम्ररी बुझेको हुँदा यस्ता सम्पूर्ण समस्या हटाउनकै लागि बोर्डमा आएको बताएका छन् ।

नेपाल चलचित्र संघ को बधाई तथा सम्मान कार्यक्रममा उनले सबै सरोकारवाला पक्षसंग छलफल गरेर एउटा निष्कर्ष निकाल्ने उद्घोष गरे । संघका अध्यक्ष बीरेन्द्र नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्ष नकिम उद्दिन ले सिनेमा हलको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे भने अर्का पूर्व अध्यक्ष प्रदिप उदयले विदेशी चलचित्र चलाएर उठ्ने विकाश शुल्कबाट नेपाली चलचित्रको विकाश गर्नु पर्ने जस्तो अव्यावहारिक चलनको अन्त्य हुनु पर्ने कुरामा जोड दिए । संघका निवर्तमान अध्यक्ष मधुसुदन प्रधान ले सन्चालन गरेको सो कार्यक्रममा सङ्घका अर्का पूर्व अध्यक्ष राजकुमार पोखरेल , कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, द्वन्द कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान , प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतका वक्ताहरुले चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई बधाई दिंदै आआफ्ना क्षेत्रका कुराहरु राखेका थिए ।

यसैक्रममा आदिबासी जनजाति चलचित्र महासंघको प्रतिनिधि मण्डलले विकाश बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा सो महासंघका अध्यक्ष अमृत सुनुवारले आदिबासी जनजाति चलचित्रले निर्माण इजाजत प्राप्त गर्नेदेखि लिएर सेन्सरसम्मका भोग्दै आएका समस्याहरुको बारेमा अध्यक्ष केसीलाई जानकारी गराएका थिए ।

आदिवासी संस्कृति नबुझेका व्यक्तिहरुलाई जनजाति चलचित्रको सेन्सरका लागि निर्णायक मण्डलमा राखिँदा समस्या हुने गरेको सुनुवारले गुनासो गरे ।

सीमित बजार र लगानीमा काम गर्नुपर्ने जनजाति चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिको लागि पनि बोर्डले विशेष ध्यान दिन जनजाति चलचित्रकर्मीहरुले आग्रह गरेका थिए ।

सो समयमा महासंघले बोर्डका नवनियुक्त अध्यक्ष केसीलाई सम्मान पत्रसहित सम्मान पनि गरेको थियो भने आदिबासी चलचित्र क्षेत्रको विकासको लागि भन्दै १० बुँदे मागसहित ज्ञापनपत्रसमेत बुझाएको थियो ।

कार्यक्रममा महासंघमा आवद्ध विभिन्न १६ वटा जातीय समुदाय सम्बद्ध चलचित्रकर्मी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Categorized in सिनेमा
Newa Online Adv