STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७९ बैशाख १४, बुधबार

    हाँसोको फोहोरा लिएर चिट्ठी आउने

    चालिस् वर्ष जति अगाडि आएको हास्य प्रधान चलचित्र के घर के डेरा बाट शुरु भएको  कमेडि जनाराको चलचित्र यात्रामा पछी लोभिपापी , छक्का पन्जा सिक्वेल सम्म पुग्दा यो विधाले सजिलै दर्शकहरुको मन जितेको देखिन्छ । अब यसै विधालाई अंगालेर चिट्ठी नामक चलचित्र आउने भएको छ । चिट्ठी चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहनेछ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ ।  नेपाली कथानक चलचित्र...

  • २०७९ बैशाख १०, शनिबार

    अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा

    अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आज (शुक्रबार) काठमाडौँको नागार्जुन रानिवानस्थित रेसु भिल्लामा अमेरिका बस्दैआएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।   वर्षाले गोप्य रूपमा बिहे गरेको भन्ने ‘गसिप’ शुक्रबार बिहानैदेखि चलिरहेको थियो । तर उनले विवाह गरिन् भन्ने पुष्टि गर्ने कुनै आधार थिएन । शुक्रबार दिउँसो दुलहाको गेटअपमा सजिएका वर्षाका प्रेमी आशिषको तस्बिर सामाजिक सञ्जालमा...

  • २०७९ बैशाख ७, बुधबार

    रजिन महर्जनद्वारा निर्देशित डकुमेन्ट्री अन्तर्राष्ट्रिय फेस्टिबलमा छनोट

    महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारीसम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ (Nepal's Menstrual Movement : Tackling Taboos) जर्मनीमा १–३ जुलाई, २०२२ मा हुने १८औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ । यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नालिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन...

  • २०७९ बैशाख ४, आइतबार

    राष्ट्रिय पुरस्कारमा " आमा " उत्कृष्ट

    भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान लगायतका पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा २०७६ तथा २०७७ मा प्रदर्शनमा आएका चलचित्रहरुबाट पुरस्कार प्रदान गरिएको छ ।अभिनेत्री सुरक्षा पन्तले ‘आमा’ चलचित्रबाट उत्कृष्ट...

  • २०७९ बैशाख २, शुक्रबार

    ‘केजिएफ २’ चलिरहँदा ‘ए मेरो हजुर ४’ पर्दामा देखिएपछि...

    अहिले सामाजिक सञ्जालमा रञ्जना सिनेप्लेक्सको एउटा भिडियो भाइरल भइरहेको छ । रञ्जना सिनेप्लेक्समा फिल्म ‘केजिएफ च्याप्टर २’  प्रदर्शन भइरहेका बेला नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को दृश्य प्रदर्शन भएपछि दर्शक आक्रोशित बनेको भिडियो भाइरल भएको हो  । भिडियोमा ‘ए मेरो हजुर ४’को छोटो दृश्य केही सेकेन्ड प्रदर्शन भएको देख्न सकिन्छ । यो दृश्य आएपछि दर्शकको भिडले आक्रोश पोख्दै गरेको भिडियोमा देखिन्छ । रञ्जना...

  • २०७८ चैत्र २८, सोमबार

    ब्लकबष्टर नेपाली फिल्म अवार्ड जिते पुजा र पलले

    विगत १६ वर्षदेखि निरन्तर रूपमा आयाेजना हुँदै आएकाे ब्लकबस्टर नेपाली  फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएकाे छ। पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरकाे प्रमुख आतिथ्याेमा चलचित्र विकास वाेर्ड सभाहलमा आयाेजना भएकाे ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत  जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा.कृष्णहरि बराल,बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई प्रदान गरिएको छ...

  • २०७८ चैत्र १८, शुक्रबार

    काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

    काठमाडौँ - काठमाडौँमा बिहीबारदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । ‘विश्वभरका कथाको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आजदेखि पाँचदिने महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटनका दिन नुवाकोटको तारुकामा परम्परागतरूपमा मनाइने गोरु जुधाइ पर्वका विषयमा पुरु लम्सालले निर्देशन गर्नुभएको वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो । पाँच दिनसम्म चल्ने...

  • २०७८ चैत्र १०, बिहिबार

    ओम नमः शिवाय् गरी तीनवटा हल सञ्चालनमा आउने

    नेपालका एक अग्रज चलचित्र व्यवसायी  उद्भव पौड्याल संस्थापक रहेको चाबहिलको गोपिकृष्ण नगरस्थित गोपिकृष्ण मुभिजले २०७८ चैत ११ गते शुक्रवारदेखि ओम, नम: तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याउने भएको छ । गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले बुधबार एउटा प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।नेपाली चलचित्र क्षेत्रको...

  • २०७८ चैत्र ५, शनिबार

    पत्रकार पराजुलीको फिल्म सम्बन्धी पुस्तक सार्वजनिक

    काठमाडौंमा  शनिवार  आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको छ । नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको हो ।  पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,...

  • २०७८ फाल्गुण ३०, सोमबार

    ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिँदै

     सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ ।      वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ । करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले राससलाई जानकारी दिनुभयो । वृत्तचित्रमा...

  • २०७८ फाल्गुण १६, सोमबार

    निफको पाँचौं संस्करणको तयारी पुरा

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा विगत पाँच वर्षदेखि नियमित रुपमा भइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ) को पाँचौ संस्करण यही चैत्र १७ देखि २१सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ । यसअघि चैत्र १० देखि १४ गतेसम्महुने भनिएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको कुरा सोमबार एक पत्रकार सम्मेलन गरि जानकारी गराईयो । गतबर्ष चौथो नेपाल...

  • २०७८ फाल्गुण १६, सोमबार

    चितवनको लक्की मिडियाद्वारा तीन विधाका ब्यक्तित्वहरु सम्मानित

    मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्तित्वहरु सम्मानित भएका छ्न् । बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शोको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै भरतपुरको चितवन सिनेप्लेक्स सिनेमा हलमा सम्मान गरिएको हो ।...

Pages