STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कबड्डी ४ की अभिनेत्रीकाे उजुरीमा समातिएका लामा रिहा

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १७, मंगलबार

काठमाडौँ - 'कबड्डी ४’की अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंकाे आदेशपछि बौद्ध भिक्षुसमेत रहेका लामालाई छाेडिएकाे हाे । 

यसअघि अभिनेत्री मगरविरूद्ध चाबहिल केएल टावरअघि प्रदर्शन भएको थियाे । 

आज (मंगलबार) प्रदर्शनीकारीले अभिनेत्री मगर विरुद्ध नाराबाजी गर्दै सो घटनामा पक्राउ परेका भिक्षु २४ वर्षीय फुर्वा तामाङ (लामा) लाई रिहा गर्न समेत माग गरेका छन् । साथै अभिनेत्री मगरलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरेका छन् ।

कबड्डी ४ फिल्मको प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै आइतबार मुगु घर भएका लामालाई प्रहरीले पक्राउ गरेको थियो । अभिनेत्री मगरले लामामाथि थप्पड समेत हानेकी थिइन् । लामाले भने आफूले अभद्र व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । उनको समर्थनमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले  कबड्डी ४ फिल्मकाे पोष्टर समेत जलाएका छन् ।

Categorized in सिनेमा