STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २०, मंगलबार

काठमाडौं - भुवन केसी, श्वेता खड्का,रविन्द्र खड्का लगायतका कलाकारहरु कांग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए । 

उनीहरुलाई अभिनेता नीर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए । 

स्थानीय निर्वाचनको मुखमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि अस्वीकार गरेका थिए । यस्तै खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् । 

पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए । पछिल्लो समय नेपाली कलाकारिता क्षेत्र पनि राजनैतिक रुपमा अगाडी बढेको देखिन्छ। केहि समय पहिले रेखा थापा, करिश्मा मानन्धर, कोमल ओली लगायत सेलिब्रेटी राजनीतिमा प्रवेश गरिसकेका छन् । 

Categorized in सिनेमा