STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हाँसोको फोहोरा लिएर चिट्ठी आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख १४, बुधबार

चालिस् वर्ष जति अगाडि आएको हास्य प्रधान चलचित्र के घर के डेरा बाट शुरु भएको  कमेडि जनाराको चलचित्र यात्रामा पछी लोभिपापी , छक्का पन्जा सिक्वेल सम्म पुग्दा यो विधाले सजिलै दर्शकहरुको मन जितेको देखिन्छ । अब यसै विधालाई अंगालेर चिट्ठी नामक चलचित्र आउने भएको छ । चिट्ठी चलचित्रमा केही सस्पेन्स र थ्रिलर पनि रहनेछ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ । 

नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन हालैमात्र सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लि को व्यानरमा निर्माण भएको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ । प्रमूख भुमिकामा संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ ।

काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारमा आइरहेका कथाबस्तु भन्दा फरक रहेकोे र यसले पक्कै पनि नेपाली दर्शहरुको मन छुने कुरा निर्माण पक्ष बिश्वस्त  छन् ।  छायाँकनका साथ साथै अब चलचित्र चिट्ठी पोष्ट प्रोडक्सनमा पनि गईसकेको र चाँडै नै सम्पुर्ण नेपाली दर्शकहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र  हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।

चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइको संगीत रहने छ भने डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द एवंम शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र बसन्त अर्यालको स्वर रहेको छ ।  निर्देशक खरेलको लेखन रहेको चलचित्र चिट्ठीलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले लगानी गरेकी छिन् भने राजेश कुमार, समिर मियाँ को सम्पादन, एनिमेशन तथा कलर संयोजन गरेका छन् । यसमा मनोज परियार र अमित श्रेष्ठले ध्वनी मिश्रण लगायतको कार्य गर्ने भएका छन् । चलचित्रलाई वि सं २०७९ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।

Categorized in सिनेमा