STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् ।

उनले आज (शुक्रबार) काठमाडौँको नागार्जुन रानिवानस्थित रेसु भिल्लामा अमेरिका बस्दैआएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।  

वर्षाले गोप्य रूपमा बिहे गरेको भन्ने ‘गसिप’ शुक्रबार बिहानैदेखि चलिरहेको थियो । तर उनले विवाह गरिन् भन्ने पुष्टि गर्ने कुनै आधार थिएन ।

शुक्रबार दिउँसो दुलहाको गेटअपमा सजिएका वर्षाका प्रेमी आशिषको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । तस्बिरमा भाइरल जुम्ल्याहा दिदी–बहिनी  प्रिन्सी र प्रिज्मा खतिवडालाई पनि देख्न सकिन्छ ।

वर्षाले सार्वजनिक रुपमा बिहे नगरी परिवारका सदस्य, आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेको बताइएको छ ।

Categorized in सिनेमा