STC 810x100 adv
janswastha 11 11 78

नग्न तस्वीरका कारण रणवीर सिंहविरुद्ध उजुरी

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १०, मंगलबार

एजेन्सी - बलिउड अभिनेता रणवीर सिंहविरुद्ध मुम्बईमा उजुरी परेको छ । बलिउड अभिनेता रणवीर सिंहले सामाजिक सञ्जालमा आफ्नो नग्न तस्वीरहरूमार्फत् ‘महिलाहरूको भावनामा चोट पुर्‌याएको’ आरोपमा मुम्बई पुलिसमा एफआईआर दर्ता गर्नको लागि उजुरी परेको हो ।

मुम्बई पुलिस अधिकारीका अनुसार सोमबार मुम्बई पुलिसमा निवेदन दायर गरिएको छ । जानकारी अनुसार उजुरीकर्ता जनता पार्टीका नेता तथा अधिवक्ता अखिलेश चौबे हुन् । उनी एक गैरसरकारी संस्था (एनजीओ) का पनि पदाधिकारी हुन् ।

उजुरीकर्ताका अनुसार अभिनेता रणवीर सिंहले आफ्नो फोटोबाट महिलाहरूको भावनामा चोट पुर्‌याएका छन् । साथै उनीहरू (महिला)को शिष्टताको अपमान गरेका छन् । उजुरीकर्ताले अभिनेताविरुद्ध सूचना प्रविधि ऐन र भारतीय दण्ड संहिताका विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गर्न माग गरेका छन् ।

अधिकारीले भने, ‘हामीले सोमबार एक एनजीओसँग सम्बन्धित व्यक्तिबाट आवेदन प्राप्त गरेका छौं, यद्यपि अहिलेसम्म कुनै एफआईआर दर्ता गरिएको छैन । हामी सोधपुछ गरिरहेका छौं ।’ रणवीर सिंहले हालै एउटा फोटोसुटको तस्वीर शेयर गरेर इन्टरनेटमा धमाका मच्चाएका छन् ।

पेपर म्यागजिनको लागि भाइरल फोटो श्रृंखलामा कार्पेटमा बसेर र सुतेको बेलामा अभिनेताले फोटोको लागि पोज दिएका थिए । उक्त फोटोशूटपछि फ्यानहरूले रणवीरको आत्मविश्वासको प्रशंसा गरिरहेका छन्, सामाजिक सञ्जालमा उनको बारेमा मिम्स पनि बनाइएका छन् ।

Categorized in सिनेमा
Newa Online Adv