STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७६ फाल्गुण ३, शनिबार

    काठमाडौंका २०० वर्ष पुराना प्रेमगीतहरू

    काठमाडौं– सन् १८५० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुगेका थिए । त्यहाँ राष्ट्रिय गानको चर्चा चल्यो । जंगबहादुर अलमल परे । नेपालमा राष्ट्रिय गान भन्ने नै थिएन । देशकै बेइज्जति हुने ठानेपछि उनले आफूसँगै गएका नेपालीहरूसँग कानेखुसी गरे । त्यति बेला नेपालभाषाको गीत ’राजमती’ निकै चर्चित थियो । उनीहरूले त्यही गीत बजाइदिए । बेलायतमा त्यसरी बजेपछि ’राजमती’ गीतको चर्चा झनै चुलियो, जुन...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रणय दिवस प्रेम साट्न रानीमहलमा

    आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन पर्ने अर्थात् माया गर्ने मान्छेलाई खुशी पार्ने र रमाइला ठाउँहरु घुम्ने चलन छ । प्रेमभाव व्यक्त गर्न विभिन्न एकान्त ठाउँमा युवायुवतीका जोडी देख्ने गरिन्छ । जोडीहरु प्रेमको...

  • २०७६ फाल्गुण १, बिहिबार

    ट्राफिक सचेतना सारङ्गी धुनले

    सचेतनाका आ आफ्नै तरिका हुन्छन् । ट्राफिक प्रहरीले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न सारङ्गी धुनलाई साहारा बनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मनमोहक सारङ्गी धुनले जनचेतना फैलाउन शुरुआत गरेको छ । यसक्रममा महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम सचेतनाको लागि ‘सारङ्गी धुन’ प्रयोग गरेको थियो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले...

  • २०७६ माघ २८, मंगलबार

    नेपालका सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

    नेपालका ख्याति प्राप्त सरोदवादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुनु भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउनु भएका राजोपाध्यायलाई भारतको ऑल इंडिया रियल फॉर कल्चरल एजुकेशन सोसायटी, गांधी पीस फाउंडेशन, नेपाल एवं युथ वर्ल्ड एण्ड सोशल मंच , राजस्थानको तत्वाधानमा इंदौरको विजय नगरस्थित मंगल सिटीमा फेब्रुअरी ८  माघ २५ गते  भएको अन्तर्राष्ट्रिय सम्मेलनमा...

  • २०७६ माघ २८, मंगलबार

    गायक संजीप प्रधानका बुवा रहेनन्

    काठमाडौं– नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक संजीप प्रधानका पिता गणेशभक्त प्रधानको निधन भएको छ । संगीतकार तथा गायकका रुपमा समेत परिचित ७६ वर्षीय गणेशभक्त प्रधानको तीन दिनअघि काठमाडौंमा निधन भएको हो । कब्जियत समस्याले पीडित प्रधानको केही समयअघि आन्द्राको अपरेशन भएको थियो । अपरेशनको केही समयपश्चात् नै उनको निधन भएको हो । प्रधानका छोरा संजीप र बुहारी सरिष्मा अमात्य अमेरिकामा बसोबास गर्दै आइरहेका...

  • २०७६ माघ २७, सोमबार

    प्रेम दिवसमा खाना महोत्सव

    पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन रेवान सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ । महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन...

  • २०७६ माघ २६, आइतबार

    नेपालभाषा र नेपालीमा ‘बहिदार बाबु’

    काठमाडौं– नेवार फिल्म क्षेत्रका निर्देशक बासु शाहीको निर्देशनमा ‘बहिदार बाबु’ नेपाली र नेपालभाषामा बन्ने भएको छ । नेपालभाषामा शुटिङ्ग सकाई फिल्मलाई खस नेपाली भाषामा डबिङ गर्ने जानकारी निर्देशक शाहीले दिएका छन् । २६ माघ आइतबार ललितपुरस्थित अक्षयश्वर महाविहारमा फिल्मको मुर्हूत सम्पन्न भयो । मुर्हूत कार्यक्रममा हास्य अभिनेता राजाराम पौडेलले क्यामरा ‘अन’ गरेका थिए भने सिनेपत्रकार विजयरत्न असंबरेले...

  • २०७६ माघ २४, शुक्रबार

    रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।

    रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीतरएरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो...

  • २०७६ माघ २३, बिहिबार

    पाँच वर्षदेखि बाजा बजाउने मान्छेको अभाव

    यहाँ हुने हरेक जात्रामा बाजा बजाउँदै आएका कुसुले समुदायका युवाले बाजा बजाउन छोडेपछि जात्रा आउने बित्तिकै मान्छे खोज्नुपर्ने अवस्था आएको छ । पनौती जात्रामा बाजागाजासहित नगर परिक्रमा गर्नु यहाँको जात्राको विशेषता हो । यहाँ लाग्ने जात्रामा बाजा बजाउने मान्छे नहुँदा श्रीखण्डपुर, नाला र साँगाबाट भाडामा ल्याएर समस्या टार्नुपरेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताउनुभयो । “नेवार...

  • २०७६ माघ २१, मंगलबार

    काठको अभावमा मादल बनाउने पेशा सङ्कटमा

    आजभन्दा करीब दुई दशकअघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्सदिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेशा अहिले सङ्कटमा छ । आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर...

  • २०७६ माघ २०, सोमबार

    लोकगायक पङ्गेनीलाई पितृशोक

    लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उहाँका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटामै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा...

  • २०७६ माघ १९, आइतबार

    हिमाल हेर्न मानहुँकोट जाऔँ

    पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा शनिबार मात्रै एक हजारभन्दा बढी पर्यटक पुगेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मानहुँकोटको प्रचारप्रसार हुन थालेपछि मानहुँकोटमा आन्तरिक पर्यटकको आगमन वृद्धि हुँदै गएको हो । शनिबार बिदा भएको कारण मानहुँकोटमा बिहानैदेखि पर्यटकको घुइँचो लागेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अन्य...

Pages