Header Ad
janswastha 11 11 78
STC 810x100 adv

पल शाहले पाए सफाइ, तर जेलबाट नछुट्ने

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ३, मंगलबार

काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो ।

अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

गत फागुन ११ गते नाबालिकाका बुबाले शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीपश्चात् फरार रहेका शाह आफैँ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

Categorized in सिनेमा
Newa Online Adv