STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निफको छैठौं संस्करणमा प्रदिप खडकाको "प्रसाद”लगायतका नेपाली चलचित्रहरुको भिडन्त हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ १२, बिहिबार

छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ । यो महोत्सवमा वर्ल्ड पानोरामा, नेशनल फिचर, इन्टरनेशनल डकुमेण्ट्री फिल्म, नेशनल डकुमेण्ट्री,इन्टरनेशनल नाराएटिभ शर्ट्स,इन्टरनेशनल एनिमेटेड शर्ट्स,नेशनल शर्ट्स विधामा प्रतिस्पर्धा हुनेछ भने नेशनल फिचर अन्तर्गतको प्रतिस्पर्धामा प्रदिप खडका अभिनित र दिनेश राउत निर्देशित चलचित्र " प्रसाद ” लगायत निर्देशक सुजित बिडारीको " एेना झ्यालको पुतली ” निर्देशक मेजन पुन को " ट्याङचलाक ”, निर्दशक रमेश कोइरालाको" नीरमाया ” , निर्दशक प्रणय लिम्बु को " स्पोन्सर ” निर्दशक मणि विजय सुब्बा लिम्बु को " हाएङ्गनंद ” सहित छवटा चलचित्रका बीच प्रतिस्पर्धा हुने भएको छ ।

यो विधा अन्तर्गत बेस्ट फिचर फिल्म , बेस्ट सिनेमाटोग्राफि , बेस्ट स्क्रिनप्ले,बेस्ट डाइरेक्शन,बेस्ट एक्टर मेल र बेस्ट एक्टर फिमेल अवार्ड दिने कुरा बुधबार होटल अरन्या बुटिकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

"नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” (निफ) को  आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष के पि पाठकको सभापतित्व र चलचित्र विकास बोर्डका अध्यक्ष तथा विशिष्ट अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु विशिष्ट चलचित्रकर्मि नीर शाह, न्युयोर्क सिटी गभर्नर सल्लाहकार  नवराज केसी, विशिष्ट अभिनेत्री गौरी मल्ल, ,  अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, क्युएफएक्स का प्रसंसा पाण्डे, अभिनेत्री सरिता गिरी,गैर आवासिय संघका गोविन्द गौतम र माया एनिमेशनका इन्द्र बलामी रहेका थिए ।

प्रतिस्पर्धामा ५५ देशबाट आएका ५ सय बढी चलचित्रबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको कुरा सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र क्युएफएक्स अन्तर्गतका  सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । क्यूएफएक्ससँगको भएको सम्झौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरको क्यूएफएक्स् हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुने भएका छन् ।

निफ २०२३ को घोषणा सभा र पत्रकार सम्मेलनमा व्यक्त भएका केही उदगार यस प्रकार छन् -

 

भुवन केसी (प्रमुख अतिथि, चलचित्र विकास बोर्ड)

निफ–२०२३ को यो घोषणा सभालाई म ऐतिहासिक भन्न चाहान्छु । संसारभरीको ‘कल्चर’ आदान प्रदान गर्ने उद्देश्यले सुरु भएको यो ‘फेष्टिभल’ले सधैं निरन्तरता पाओस् भन्ने कामना पनि गर्छु । निफलाई सुरुदेखि नै चलचित्र विकास बोर्डले सहयोग गर्दै आएको छ । यस पटक पनि गर्छ । र, भविष्य सम्म गर्ने छ भन्ने मैले विश्वास लिएको छु । र, (अभिनेता नीर शाहले भनेजस्तै) सरकारमा पनि निफलाई सहयोग गर्न प्रस्ताव गर्ने छु ।

 

नीर शाह (विशेष अतिथि, विशिष्ट चलचित्रकर्मि)

निफ–२०२३ को हरेक  सभामा मैले एउटै कुरा भन्दै आएको छु । हरेक बर्ष नेपालमा ३ सय ६५ भन्दा बढी चलचित्र सम्बन्धि गतिविधि भइरहन्छन् । तर, ती मध्ये अति कम कार्यक्रम मात्र सम्झन योग्य र लायक हुन्छन् । ती मध्ये निफ पनि एउटा हो । यस वर्षदेखि निफले दुईवटा थप आधार स्तम्भलाई जोड्न सफल भएको छ । पहिलो, क्यूएफएक्स्सँगको सम्झौता र दोस्रो, माया एनिमेसन एकेडेमीसँगको मित्रता । निफमा अन्तर्राष्ट्रिय गुणस्तरका फिल्म हेर्न पाईन्छ । यो सामान्य कुरा होइन । यो ‘इमेन्ट’ मात्र होइन ‘ग्रान्ड इभेन्ट’ हो । यस्तो कार्यक्रमलाई नेपाल सरकारले सहयोग गर्नुपर्छ । विकास वोर्डका अध्यक्ष (भुवन केसी)लाई म अनुरोध गर्छु, कि यस कार्यक्रमलाई सहयोग गर्न सरकारसँग प्रस्ताव राखिदिनुहोस् ।

 

गौरी मल्ल (अभिनेत्री)

म विगतमा निफको जुरीमा रहेर काम गर्ने मौका पाएकी छु । मेरोलागि यो राम्रो र सुखद अनुभुती थियो । निफ फेष्टिभल मात्र नभएर नेपाली चलचित्रलाई विश्व वजारमा पुर्याउने र विश्व वजारका उत्कृष्ट चलचित्र नेपाली कलाकर्मी र दर्शकलाई देखाउने ठूलो अवसर पनि हो ।

 

दिपाश्री निरौला (अभिनेत्री एवम् निर्देशक)

निफ कला क्षेत्रको उर्जा हो । यसकारण पनि यस फेष्टिभलले निरन्तरता पाउनु पर्छ । छैटौं होइन यसले धेरै शृङखला पुरा गरोस् ।

 

सियाओ चाङ (डाइरेक्टर, चाइना कल्चरल सेन्टर)

निफ धेरै महत्वपूर्ण फेष्टिभल हो । यस्तो फेष्टिभल सम्पन्न गर्न ‘हार्ड वर्क’ आवश्यक हुन्छ, जो निफका अध्यक्ष केपी पाठकले पुरा गरिरहनु भएको छ ।

 

नवराज केसी (न्यूयोर्क सिटीका मेयरका सल्लाहकार)

म २००२ देखि अमेरिकामा बसेको भएपनि नेपाली फिल्मलाई सहयोग गर्न पाएको छैन । तर अब सहयोग गर्ने छु । नेपाली फिल्म इन्डस्ट्रिजसँग सहकार्य गर्न चाहान्छु । निफ जस्तो महत्वपूर्ण फेष्टिभललाई पनि सहयोग गर्न चाहान्छु । नेपाली फिल्मको विकासमा निफ महत्वपूर्ण भुमिका छ ।

 

निर्मल शर्मा (अभिनेता)

म निफका सबै कार्यक्रममा सहभागी हुने गरेको छु । यो अत्यन्तै प्रभावकारी छ । यस फेष्टिभलमा एउटा ‘सेग्मेन्ट’ थप गर्न अनुरोध गर्छु । फिल्ममा ‘कसरी लगानी गर्ने र कसरी लगानी उठाउने’ भन्ने सम्बन्धमा छलफल गर्न जरुरी छ । चलचित्रकर्मीले यस बारेमा बुझ्न जरुरी छ ।

 

सरिता गिरी (अभिनेत्री)

म निफमा सुरुदेखि नै जोडिएकि छु । यो बृहत्त ‘प्लेटफर्म’ हो । यो ‘क्रिएटिभ’ फिल्म देखाउने उत्सव पनि हो ।

 

प्रसंसा पाण्डे (जिएम, क्यूएफएक्स)

हाम्रा ‘फेष्टिभल’ पनि बर्लिन र कान्स् जस्तै बनाउन सकिन्छ । त्यस्तै बनाउनेक्रममा हामीले हामीले सपोर्ट गरेका हौं । र, गरिरहने छौं ।

 

इन्द्र बलामी (माया एनिमेसन एकेडेमी)

यस प्रकारको फेष्टिभलले फिल्म क्षेत्रलाई उठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपाल बाहिर छरिएर रहेका ८० लाख नेपालीलाई जोड्ने काम पनि गर्छ ।

Categorized in सिनेमा