STC 810x100 adv
janswastha 11 11 78

सरकारलाई दबाब दिन चलचित्र निर्माताहरुको बृहत भेला

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २९, शुक्रबार

नेपाली चलचित्र निर्माताहरु काठमाडौँमा शुक्रबार भेला भएर एउटा बृहत अन्तर्क्रिया सम्पन्न गरेका छन् । आफ्ना बिभिन्न मागहरुलाई सरकारसमक्ष पेश गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सिनेमा हलमा झण्डै दुई सयको संख्यामा निर्माताहरु भेला भई यसरी छलफल गरेका हुन् ।

नेपाली चलचित्रको गर्विलो इतिहास धरमराउन लागेको र यसको भबिष्यको बारेमा अब सोच्नैपर्ने बेला आएको भन्दै नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको बृहत सभा आयोजना गरेको हो । सभामा बोल्दै संघका अध्यक्ष नवल खड्काले सुरुमा वार्ता र छलफलबाटै समस्या समाधान गर्ने र त्यसरी नभए आन्दोलनमा जाने बताए ।

संघका महासचिव सुनिल कुमार थापाले स्वागत मन्तव्य राख्ने क्रममा स्वदेशी निर्माताहरुको हविगत बुझिदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । थापाले नेपाली चलचित्र भनेकै नेपाली सभ्यताको द्योतक रहेको बताउँदै हाम्रो भुगोलभित्रै कुनै विदेशी भाषाको चलचित्र आउँदा नेपाली चलचित्रले दोस्रो दर्जाको महशुस गर्नु परेको बताए ।

छलफलमा नेपाली चलचित्रको शेयर बाँडफाँडको समायोजन, चलचित्र हलले बजाउने ट्रेलर र त्यसको समयावधि, हलभित्र टाँसिने पोष्टर र स्थानिय प्रचारप्रसार हलले नै व्यहोर्नुपर्ने, विशेशी र स्वदेशी चलचित्रको प्रदर्शन अनुपात मिलाउनुपर्ने, चाडबाडमा नेपाली चलचित्रले प्राथमिकता पाउनुपर्ने, केडिएम चार्ज, बक्स अफिसको पूर्ण कार्यान्वयन, चलचित्रको प्रोजेक्ट बीमा, कडाईका साथ हल अनुगमन, घुम्ती चलचित्र लगायतका बिषयहरु समेटिएको छ ।

भेलाको उद्घाटन कार्यक्रममा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा  बैकुण्ठ अर्याल, प्रतिनिधिसभा सदस्य असिम शाह, प्रदेशसभा सदस्य रोज राणा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंक बहादुर महत लगायत निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारी ले चलचित्र निर्माणका विविधत पक्षबारे विश्लेषण गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा चलचित्र निर्माता, निर्देशक असिम शाह र प्रदेशसभा सदस्य तथा चलचित्र अभिनेता, निर्माता, निर्देशक रोज राणालाई बधाई दिंदै सम्मान गरिएको थियो ।

Categorized in सिनेमा