सिनेमा
-
२०७९ चैत्र २९, बुधबार
चलचित्रमा अभिनय नगरेका कलाकारको सदस्यता खारेज हुने
नेपाल चलचित्र कलाकार संघले काठमाडौंमा बुधबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारको सदस्यता खारेज गर्ने बताए। उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि जानकारी दिए। उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यले...
-
२०७९ चैत्र २२, बुधबार
चलचित्रको सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको अनुराेध
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएका छन् । नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ/संस्थाका निर्वाचित कार्य समिति पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता...
-
२०७९ चैत्र १९, आइतबार
चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने
चलचित्र सम्बन्धि राष्ट्रको आधिकारिक निकाय नेपाल सरकार चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता...
-
२०७९ चैत्र १९, आइतबार
जापानमा हुने फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्डको घोषणा
‘फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३’ हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार भेटघाटको आयोजनागरी यो अवार्डको जानकारी गराइएको हो । अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्टले गर्नुभएको थियो भने अतिथिहरूमा अभिनेता पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुसाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल...
-
२०७९ चैत्र १९, आइतबार
चलचित्र पत्रकार संघ, नेपालले जारी गर्यो बाह्र बुँदे ‘धुलिखेल घोषणापत्र’
चलचित्र पत्रकार संघ, नेपालको धुलिखेलमा बसेको चौथौ पूर्ण बैठकले ‘धुलिखेल घोषणापत्र’ जारी गरेको छ । संघको केन्द्रिय कार्यसमिति, शाखा अध्यक्षहरु तथा विभिन्न विभागका संयोजक तथा सदस्यहरुको उपस्थितिमा शनिवार धुलिखेलको धुलिखेल इको रिसोर्ट संघको पूर्ण बैठक बसेको थियो । संघका महासचिव रघुनाथ सापकोटाका अनुसार इको रिसोर्टमै संघका पूर्व पदाधिकारी, सदस्य तथा अग्रज पत्रकारहरुको उपस्थितिमा आइतबार बिहान नीति तथा...
-
२०७९ चैत्र १८, शनिबार
घनश्याम लामिछानेको निर्देशनमा ‘चित्रा’को निर्माण हुने
घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘चित्रा’को हालै निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा सिनेमाको कलाकार तथा प्राविधिकहरुका नाम पनि घोषणा गरिएकोे छ । वि सं ३०८० सालको भदौबाट छायांकनमा जाने सिनेमामा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले एक सामान्य परिवारको...
-
२०७९ चैत्र १६, बिहिबार
एक्शन स्टार शिव श्रेष्ठ पनि सानो पर्दातिर
बलिउड का कतिपय कलाकारहरु समय समयमा सानो पर्दा मा देखिने गरेका छन् । विशेषगरी त्यस्ता स्टारहरु विभिन्न टेलिभिजन च्यानलका शोहरुमा देखिने गरेका छन् । ती मध्ये अमिताभ बच्चनको कौन बनेगा करोडपति र सलमान खानको बीग बोस् चर्चित रियालिटि शो हुन् भने अहिले आएर शाहिद कपुर , विजय सेतुपथि लगायतका स्टारहरु फर्जी नामक वेब सिरिजमा देखिएका छन् । नेपालमा पनि राजेश हमाल एउटा क्विज शो मा र करिश्मा मानन्धर मुन्द्रेको...
-
२०७९ चैत्र १४, मंगलबार
बिकास बोर्डले ‘‘सिनेमा साइबर सेक्युरिटी” डेस्क सन्चालन गर्ने
नेपालको चलचित्र क्षेत्र सम्बन्धि सम्पुर्ण नीतिगत कार्य हेर्ने चलचित्र विकास बोर्डले अब हटलाइन नम्बर सहितको ‘‘सिनेमा साइबर सेक्युरिटी डेस्क ” को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त डेस्कको लागि सिस्टम विकासको काम सुरु भएको जानकारी दिँदै साइबर सुरक्षासँगै बोर्डलाई डिजिटल प्रविधिमा लैजाने सम्मका योजनाहरु ‘डेमोस्ट्रेसन’ समेत गरिएको छ । बोर्डका...
-
२०७९ चैत्र ११, शनिबार
चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्विरोध चुनिए जनकदिप पराजुली
चलचित्र निर्देशक समाज नेपालको शनिवार भएको १५ अौं साधारण सभामा सम्पन्न भएको नयाँ कार्य समितिको निर्वाचनमा जनकदिप पराजुली अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी का रुपमा उम्मेदवारी दर्ता गराएका सुचित्रा श्रेष्ठले नाम फिर्ता लिए पछी पराजुली लाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो । यस्तैगरी दई उपाध्यक्षहरुमा सुभाष गजुरेल र दिपशिखा खडका निर्विरोध चुनिएका छन् भने महासचिव मा अरुण...
-
२०७९ चैत्र ६, सोमबार
निफमा बंगलादेशी सर्वश्रेष्ठ ठहर्यो
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न भएको नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करण बंगलादेशका दुई चलचित्रहरु बेग्ला बेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएको छ । यसरी अवार्ड जित्ने चलचित्रहरु मध्ये " मेमोरिज अफ ग्लुमि मन्सुन्स”(सताअो) ले महोत्सव को सबैभन्दा ठूलो अवार्ड एकहजार पाँच सय डलर सहितको गौतम बुद्ध अवार्ड र अर्काे चलचित्र " हाउस अफ नो...
-
२०७९ चैत्र ५, आइतबार
अध्यक्षमा जितेपछि मोहन निरौलाले दिए धन्यवाद
नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचित गराएकोमा संघका सम्पूर्ण सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष मोहन निरौलाले धन्यवाद व्यक्त गरेका छन् । यसै क्रममा उनले विशिष्ट चलचित्रकर्मी रबिन्द्र खडकाको नेतृत्वको निर्वतमान कार्यकारिणी समितिले सफलतापूर्वक महाधिवेशन...
-
२०७९ चैत्र २, बिहिबार
चलचित्र संघमा अध्यक्षका दुबै दावेदारहरुको प्यानल सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुन लागेका निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौला र रेजिना उप्रेतीले अाआफ्नो प्यानल घोषणासहित एजेन्डा सार्वजनिक गरेका छन् । निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यदेखिक्ष सदस्यसम्मका उम्मेदवार घोषणा गरेका छन् भने उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार सविन श्रेष्ठ रहेका छन् । ...



