STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काँडेतार चलचित्रलाई सेन्सरले रोकेको विरोधमा नवल खडका अदालत जाने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १२, मंगलबार

नेपालको सीमाना मिचिएको बिषय उठान गरेको नेपाली चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिन नमानेको कुरा यस चलचित्रका निर्माता एवं अभिनेता नवल खड्काले बताएका छन्। हलमा प्रदर्शनको लागि सोमबार जाँचपासको लागि चलचित्र सेन्सर बोर्डका समक्ष पेश गरिएको थियो।

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचार विरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको खड्काले बताएका छन् भने उनले आफ्नो चलचित्र जस्ताको त्यस्तै हलमा रिलिज गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताए।

“यसबारे सेन्सर बोर्डसँगको अनौपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न अनुरोध गरेको छु। सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझि चलचित्र प्रदर्शन गर्न प्रमाणपत्र दिनेछ भन्नेमा आशावादी छु”, उनले भने “नदिएको खण्डमा न्यायका खातिर अदालत जाने, जनता, दर्शक साथ, सहयोग माग्ने, लिने अधिकार हामीमा सुरक्षित छ र हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ताको त्यस्तै दर्शक सामु पुर्‍याउनेछौँ”।

सेन्सर बोर्ड सदस्य ऋषिराज आचार्यले फिल्म रोकेको नभई केहि संवाद र दृश्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएकोले सोमबार नै प्रमाणपत्र नदिईएको बताए। “नेपाल र भारतको कुटनीतिक सम्बन्धका बिषय, केहि दृश्य तथा संवादहरुमा केहि परिमार्जन गरी पुन: बोर्डमा पेश गर्ने गरी पठाईएको हो”, आचार्यले बताए।

नवल खड्का स्वयंको प्रमुख अभिनय तथा निर्देशन रहेको ‘काँडेतार’मा शिवम् अधिकारी र खड्काको लेखन रहेको छ। यसमा गौरव पहाडी, सुरविना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा, पुष्प श्रेष्ठ, बालकलाकारहरु नादिया खडका र सनया खडका लगायतको पनि अभिनय रहेको छ।

यो चलचित्रलाई प्रदर्शनको अनुमति दिन नमानेको कुरामा अाश्चर्य प्रकट गर्दै भारतिय चलचित्रहरुमा नेपाल लगायतका छिमेकि देशलाई होच्याउने दृश्य र सम्वाद हुँदा पनि केही भन्ने नगरेका उदाहरण हरु प्रशस्त छन् तर नेपाली चलचित्रमा भारतको मिचाहा प्रवृत्ति को चित्रण गर्नु हुँदैन भन्ने कुराको सर्वत्र विरोध हुन थालेको छ ।

Categorized in सिनेमा