STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्रमा अभिनय नगरेका कलाकारको सदस्यता खारेज हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २९, बुधबार

नेपाल चलचित्र कलाकार संघले काठमाडौंमा बुधबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारको सदस्यता खारेज गर्ने बताए।

उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि जानकारी दिए। उनले सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रबारे जानकारी दिन आग्रह गरे।

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताए।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारले ७० लाखसम्म पारिश्रमिक बढाएको भन्दै कलाकार संघले न्यूनतम पारिश्रमीक तोक्नुपर्ने माग गरे। उनले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौती दिए।

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सबिन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरूलाई निःशुल्क आजीवन सदस्य बनाउने निर्णय  गरेको बताए। महासचिव श्रेष्ठले कलाकारका हित र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताए। सो समारोहमा चलचित्र संग सम्बन्धित विभिन्न संघसंस्थाका नव निर्वाचित कार्यसमिति लाई बधाई ज्ञापन पनि गरिएको थियो ।

 

Categorized in सिनेमा