STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गर्ने घोषणा गर्दै क्यालेण्डर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १३, बुधबार

चलचित्र पत्रकार संघ नेपालले संघ स्थापना भएको रजत वर्ष प्रवेश गर्न लागेको सुखद अवसर पारेर ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर उक्त सम्मान प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो ।

कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले जानकारी दिए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको बताए । सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

कार्यक्रममा अध्यक्ष बलामीले पूर्व चलचित्र पत्रकारलाई मानर्थ सदस्य समेत बितरण गर्ने बताए । ‘पहिले चलचित्र पत्रकारिता गरेका र अहिले बिभिन्न कामले पत्रकारिता भन्दा बाहिर रहेका व्यक्तिलाई सम्मान र एकढिक्को गर्न हामीले मानार्थ सदस्यता प्रदान गर्न लागेका हौं  ।' भन्दै  मानार्थ सदस्यको भोटिङ राइट भने हुनेछैन’ बलामीले थपे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, सांस्कृतिक संस्थानका महाप्रबन्धक असोक प्यासी राई, संघका पुर्व अध्यक्ष बिदुर गिरी, शान्तिप्रिय, दिनेश सिटौला, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ,नेपाल ,फिल्म एण्ड कल्चर एकेडेमीका अध्यक्ष केपी पाठक, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, चलचित्र सेन्सर बोर्डका सदस्य भुपेन्द्र खड्का, ऋषिराज आचार्य, चलचित्र बिकास बोडका सदस्य रबि अधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रममा संघले २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते आफ्नो स्थापना दिवस पारेर दुई जनालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र दुई जनालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान’ र एक जनालाई एउटा ल्यापटप सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’, २५ हजार नगद सहित मोफसलका एक पत्रकारलाई ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ । यसबर्षबाट संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ थपेको हो ।

कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केसीले चलचित्र ऐन निर्माणका लागि सरकारसँग आवश्यक पहल भइरहेको बताए । उनले चलचित्र ऐन निर्माणका लागि सम्बन्धित मन्त्रालयमा ड्राफ्ट बुझाइसकेको र मन्त्रालयले पनि ऐन निर्माणको लागि छिटो काम थाल्ने जानकारी दिए । उनले चलचित्र पत्रकारलाई आफुले जहिले पनि सहयोग गर्न तयार रहेको बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र सम्बन्धित सबै संघ संस्थाले एक अर्काेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले आफ्नो फिल्म काँडेतार सेन्सरले पास नगरेर अदालत जाने चेतावनी दिए ।

सांँस्कृतिक संस्थानका महाप्रवन्धक राई, नेपाल टेलिभिजनका महाप्रवन्धक वल, कलाकार संघका अध्यक्ष मोहन निरौला लगायतले चलचित्र सम्बन्धि संघसंस्था एकअर्काेमा मिलेर र हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताए । यसरी सबै मिलेर अगाडि बढ्न सके सबैको समस्याको समाधान गर्न सकिने उनीहरुको धारणा रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघका उपाध्यक्षद्धोय कुबेर गिरी, बिजय सुवेदी आवाज लगायत कार्यक्रसमिति तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम  संघका महासचिव रघुनाथ सापकोटाले संचालन  गरेका थिए ।

Categorized in सिनेमा