STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आदिबासी चलचित्र प्रबर्द्धन लागि देशब्यापी अभिमुखिकरण साथै बागमती प्रदेश गठन सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ २०, सोमबार

आदिबासी जनजाति चलचित्रको प्रबर्द्धन गर्ने उदेश्यले आदिबासी जनजाति चलचित्र महासंघको आयोजनामा आदिबासी जनजाति चलचित्र अभिमुखीकरण बिषयक देशब्यापी अभियान अन्तरगत छवटा प्रदेश पछी आइतबार बागमती प्रदेशमा पनि भव्य रुपमा  सम्पन्न भएको छ । कार्यक्रम  चलचित्र बिकास बोर्डको सहयोग मा भएको थियो भने कार्यक्रम संयोजक बिकु बहादुर तामाङ  हुनु हुन्छ ।  कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका सम्पुर्ण पदाधिकारीको उपस्थिति रहेको थियो भने प्रमूख अतिथी का रुपमा आदिबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर को साथसाथै  नेपाल आदिबासी जनजाति महासंघ  संघिय परिषद अध्यक्ष गेल्जे लामा शेर्पा, चलचित्र बिकास बोर्ड सदस्य सचीव टंक बहादुर महत,  चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा, चलचित्र बिकास बोर्डका अधिकृतहरु गिरिश शर्मा र हरिसिंह रैखोला लगायत  अन्य कर्मचारीहरु अनि सम्पुर्ण जातीय संस्थाका अध्यक्ष एवम् पदाधिकारी, बागमती प्रदेशका सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मीहरु का साथमा आदिबासी जनजाति चलचित्रका प्रथम नायक जय श्रेष्ठ , नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर को विशेष उपस्थिति रहेको थियो ।

सो कार्यक्रम बाट नौ सदस्यीय आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेश समिति पनि गठन भएको छ । जसमा अध्यक्ष दिपक तामाङ चयन भएको छ भने तीन उपाध्यक्षहरुमा लक्ष्मी योङ्हाङ , अभिशेष माझी , कुङ्गा शेर्पा चुनिनु भएको छ । यस्तै गरी महासचिव  भुवन सिं राई,सचीवहरु किशोर चौधरी र शरण थामी ,कोषाध्यक्ष सुरेश राजबंशी , सह कोषाध्यक्ष  भावना भुजेल  चयन हुनु भएको छ । सो कार्यक्रम आदिबासी जनजाति चलचित्र महासंघ संघिय परिषद का अध्यक्ष अमृत बहादुर सुनुवार को सभापतित्वमा सम्पन्न भएको थियो ।

Categorized in सिनेमा