STC 810x100 adv
janswastha 11 11 78

शक्ति कपुरका छोरा लागुऔषध मुद्दामा पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ३१, मंगलबार

बलिउड अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर लागुऔषध मुद्दामा बैङ्लोरमा पक्राउ परेका छन् । मेडिकल जाँचमा पनि उनले औषधि सेवन गरेको पुष्टि भएको छ ।

मुद्दाअन्तर्गत उनलाई बैङ्लोरको उलासुरु पुलिस स्टेसनमा ल्याइएको छ । आइतबार राति एउटा पार्टीमा लागुऔषध सेवन गर्दैगर्दा सिद्धान्त पक्राउ परेका थिए ।

प्रहरीले उक्त पार्टीको गोप्य सूचना पाएपछि सो सूचनाका आधारमा छापामार कारबाही गरेको छ । पक्राउ परेका केही व्यक्तिको नमुना जाँचका लागि पठाइएको थियो । तीमध्ये सिद्धान्तसहित ६ जनाको नमुना परीक्षण पनि पोजिटिभ आएको छ ।

यसअघि पनि सिद्धान्तलाई सन् २००८ मा मुम्बईको एउटा पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

शक्ति कपुरका छोरा सिद्धान्त कपुर विगतमा पनि विवादमा फसेका थिए । उनले केही फिल्म र वेब सिरिजमा काम गरेका छन् । सिद्धान्तले आफ्नो करियर डिस्को जकीबाट सुरु गरे ।

त्यसपछि उनले सहायक निर्देशकको रूपमा काम गर्न थाले ।

यसअघि सिद्धान्त कपूर फिल्म 'चेहरे'मा देखिएका थिए । यस फिल्ममा उनको साथमा अमिताभ बच्चन, इमरान हाश्मी, रिया चक्रवर्तीजस्ता स्टार थिए । उनले वेब सिरिज भौकालमा काम गरिसकेका छन् । उनीसँग अहिले कुनै नयाँ प्रोजेक्ट छैन ।

Categorized in सिनेमा
Newa Online Adv