STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभासाको चलचित्र घोषकको प्रिमियर सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन १०, आइतबार

बहुप्रतिक्षित ऐतिहासिक बुद्धकालीन नेपालभासाको चलचित्र घोषक बालाजु स्थीत अष्टनारायण हलमा प्रिमियर शनिवार असोज ९गते भएको छ । प्रिमियर अगावै चलचित्रका कलाकार एवं प्राविधिकहरुलाइ औपचारिक कार्यक्रम गरी सम्मान गरिएको थियो। घोषकका निर्माता रोशन बज्राचार्यको सभापतित्वय्मा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मुख्य अतिथी र विशेष अतिथी काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, अतिथी भिक्षु निग्रोध महास्थवीर र काठमाडौं महानगरपालिका १८वडाया अध्यक्ष न्हुछेकाजी महर्जनको रहनु भएको थियो ।

भिक्षु निग्रोघ महास्थवीरद्वारा घोषकको प्रसंग उल्लेख गर्दै बुद्धधर्मको प्रचारमा विहार निर्माण गर्नेमध्ये अनकौं व्यक्तिमा एक व्यक्ति घोषकपनि रहेको र भारतको कौसम्बी नगरमा घोसिताराम विहार निर्माण गरेको ऐतिहासिक कुरा रहेको बताउनु भयो । 

विशेष अतिथी काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय सरकार अहिले सकृय रहेको र नेपालभासा उत्थानका निंम्ति स्थानीय तहलमा नेपालभासामा अध्ययन, अध्यापन भैरहेको कुरा उल्लेख गर्दै नेपालभासाको चलचित्र घोषक प्रदर्शन भएको कुरामा खुशी व्यक्त गर्नुभयो।

चलचित्रका पटकथा लेखक दर्शनवीर शाक्यले चलचित्र लेखक दिवंगत धर्मरत्न शाक्यलाई सम्झँदै वहाँको कल्पनशीलताको बयान गर्नुभयो । साथै आजको समस्या भनेकै नेपालभासाको चलचित्र प्रदशर्न गर्न सिनेमाहलको समस्या भएको हुँदा मुख्य अतिथी विद्यासुन्दर शाक्यलाई नेपालभासाको चलचित्र प्रदर्शन गर्नको निम्ति स्थानीय सरकारबाटै सिनेमा हलको प्रवन्ध गरीदिन अनुरोध गर्नु भयो । 

मूख्य अतिथी विद्या सुन्दर शाक्यले बुद्धधर्मका नेपाल भाषाका चलचित्रहरु गैर नेपालभासाबाट पनि डबिंग गरी प्रदर्शन गर्न सुझावदिनु भयो । बौद्ध धर्म भनेका नेवार मात्र नभई सबैको रहेको उल्लेख गर्नु भयो । साथै निर्माणाधीन मंकाःखलःको भवनमा सिनेमा देखाउन मिलने हलको निर्माण पनि भइरेहेको बताउनु भयो । 

काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्षले चलचित्रहरु स्तरीय हुनु पर्ने कुरामा जोडदिनु भयो ।

कार्यक्रममा घोषका अर्का निर्माता प्रेमा शाक्यले स्वागत मनतब्य राख्नु भएको थियो । निर्देशक अमृतचन्द्र श्रेष्ठले सबै कलाकारलाई धन्यवाद दिदैं मृगौला फेल भएका फिल्मका कलाकार पल्पसा डंगोलको सुस्वास्थको कामना गनुए भयो ।

सभापति रोशन ब्रज्राचार्यले सबैसामु धन्यवाद अर्पण गर्दै प्राप्त सुझावहरु मनन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

Categorized in सिनेमा