STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाहुबलि का निर्देशकले नेपाली चलचित्रलाई सघाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ माघ १२, बुधबार

दक्षिण भारतीय फिल्मका विश्व विख्यात निर्देशक एसएस राजामौलीले नेपाली फिल्म निर्माणमा सहयोग गर्ने भइको छ । भारत कै सर्वाधिक लागतमा बनेका मगधिरा , बाहुबलि लगायतका फिल्म बनाएका निर्देशक राजामौलिको "आर आर आर" प्रदर्शन कालागि तयार भएको छ भने  उनले  लामो समयदेखिको खोज, अध्ययन तथा अनुसन्धान पश्चात  निर्माण हुन लागेको ऐतिहासिक नेपाली फिल्म ‘सिन्धुलीगढी’ ले नेपाल चलचित्र विकास बोर्डबाट विधिवत रुपमा छायांकन अनुमति प्रमाणपत्र प्राप्त गरेको छ ।

सास इन्टरटेमेन्ट सिनेमाको ब्यानरमा सास अधिकारिले निर्माण गर्ने फिल्मको लेखन तथा निर्देशन विश्वमणि घिमिरेको हुनेछ भने मुख्य कलाकारहरुको छनोट अडिसनबाट भैरहेको बताइएको छ ।

सिन्धुली, काभ्रे तथा काठमाडौंमा छायांकन गरिने यो फिल्मलाई दक्षिण भारतीय फिल्मका निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताइएको छ । फिल्मको सम्पूर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिनेछ । यो फिल्म हिन्दी तथा अङ्ग्रेजी भाषामा समेत डब गरिने बताइएको छ ।

Categorized in सिनेमा