relans
ni new 83
nib 2082 5

प्रसिद्ध भेषभुषा संयाेजक र कला निर्दशक जुङ्गे भट्टराईको निधन

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १८, शनिबार

नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा संयोजक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । उनी विगत एक बर्षदेखि आफ्नो गृहनगर बैतडीको पाटन बस्दैआएका थिए भने लामो समयदेखि स्वास–प्रस्वास सम्बन्धी रोगले ग्रसित थिए ।उनी उपचारकोलागि काठमाडौं आउने क्रममा यात्रामा थिए । सोहि क्रममा शनिबार बाटोमा नै उनको निधन भएको हो। 

जुङ्गे भट्टराईका ज्येष्ठ सुपुत्र कुबेर भट्टराईले दिएको जानकारी अनुसार जुङ्गे भट्टराईको बाटोमा नै निधन भएपछि  दाह संस्कारका लागि  पशुपति आर्यघाट ल्याइएको थियो । शनिबार नै पशुपति आर्यघाटमा श्रद्धाञ्जली सहित दाह–संस्कार गरिएको छ ।

नेपाली चलचित्रहरुमा भेषभुषा संयोजक पहिरन डिजाइनरका रूपमा काम गरे। नयाँ चलचित्र “प्रेमगीत ३” का लागि उनले ९३ वटा नक्कली बन्चरो बनाइदिएका थिए भने विशिष्ट चलचित्र निर्देशक नीर शाहको " राजमति ”,"बसन्ती”  ‘सेतोबाघ’  श्रीपेच र शेष नाग, मोति मालाहरु , सबै अलंकारिक बस्तुहरु उनैले बनाएका थिए। "माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, मुनामदन, जय बाबा पशुपतिनाथ, श्रीस्वस्थानी’ भाग्यरेखा, सन्तान लगायतका थुप्रै चलचित्रमा कला निर्देशकका रुपमा काम गरेका थिए। उनले रेडियो नेपालमा देउडा गीत पनि गाएका थिए।

Categorized in सिनेमा
ppp 2