STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोमबार हल बन्द गर्ने निर्णय फिर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडाैं - नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता लिएको छ। शुक्रबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो।

बलिउड फिल्म 'ब्रह्मास्त्र' सेन्सर नभएपछि बिहीबारसम्म नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन। नेपाली फिल्मको टिकट बुकिङ खुला नभएपछि चौतर्फी विरोध भयो। व्यवसाय नै संकटमा परेको भन्दै संघले सोमबार हल बन्द गर्ने निर्णय थियो।

शुक्रबार नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच भएको वार्तामा हल बन्द गर्ने निर्णय फिर्ता लिइएको हो। 

'आगामी दिनमा समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गरी छलफलबाट सहमति र सहकार्य गर्दै जाने र दुवै संघका सदस्यहरूलाई संयमित बनाउने। साथै आगामी दिनमा हरेक समस्या छलफलका माध्यमबाट समाधान गर्ने निर्णय गर्दै नेपाल चलचित्र संघले यही २०७९ भाद्र २७ गते नेपालभर चलचित्र घरहरू बन्द गर्ने गरिएको निर्णय हाललाई स्थगित गरेको छ,' विज्ञप्तिमा उल्लेख छ।

वार्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन्।

Categorized in सिनेमा