STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको ‘इन्दिरा घिमे मैँचा’ फिल्मको शुटिङ्ग भक्तपुरबाट आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन ३, सोमबार

नेपालभाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ ।

बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गते बाट फिल्म छायांकनमा जाने निर्माण टीम जानकारी गराएका छ ।

फिल्मकाे सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् ।

नेपालभाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा रोजिना सुवालको साथमा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, , रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको प्रमुख भूमिका रहने छ ।

कार्यक्रमका प्रमुख अथिति भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति , विशेष अतिथी सिने पत्रकार विजयरत्न असंबरे , इतिहासविद् डा पुरुषोत्तम लोचन श्रेष्ठ  रलक्ष्मीप्रसाद धुकुछु फिल्मलाई सफलताकाे शुभकामना दिए ।

फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ ।

सोहन मानन्धरको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।

Categorized in सिनेमा