STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र २३, बिहिबार

नेपालभाषामा निर्माण भएको बहु चर्चित र बहु प्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे परम्परागत मुकुण्डो का साथमा मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ ।

बिके फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र नेपालभाषाका ख्यातिप्राप्त निर्दशक आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ यस चलचित्रका निर्माता हुन् । यहि इन्द्रजात्रामा प्रदर्शन गर्ने लक्ष्य लिइएको भए पनि विभिन्न कारणवश रिलिज हुन नसकेकोले चलचित्र चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

नेपालभाषाको पौराणिक कथा उठान गरिएको यो चलचित्रमा मदनदास श्रेष्ठ, सबिन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतका कलाकारकोपनि अभिनय रहेको छ । सिनेमामा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन्।

"लाखे आजु”मा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको नृत्य कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना, दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको यो  चलचित्र अब छिट्टै प्रदर्शनमा आउने भएको छ ।

Categorized in सिनेमा