STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७८ बैशाख १९, आइतबार

    पर्यटनमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका...

  • २०७८ बैशाख १७, शुक्रबार

    कोराेनाकाे आशंकामा प्रेमध्वज प्रधान अस्पताल भर्ना

    काठमाडौं – नेपालका वरिष्ठ संगीतकार एवं गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान अस्पताल भर्ना भएका छन् । संगीतकार योगेश वैद्यले आफ्नो फेसबुक पृष्ठमार्फत् प्रधान अस्पताल भर्ना भएको जनाएका छन् । वैद्यले आफ्नो फेसबुक पृष्ठमा लेखेका छन्, “हाम्रा सर्वप्रिय वरिष्ठतम् अग्रज गायक एवं संगीतकार प्रेमध्वज प्रधान कोभिड–१९ बाट संक्रमित हुनुभएको आशंकामा तत्काल उपचारको लागि काठमाडौं न्युरो अस्पतालमा भर्ना...

  • २०७८ बैशाख १७, शुक्रबार

    नेपालभाषा शिरोमणी शर्माको निधन

    काठमाडौं – नेपालभाषा शिरोमणि एवं नेवार अगुवा रमापतिराज शर्माको बिहीबार बेलुका निधन भएको छ । नेपालभाषा साहित्य, कला, संस्कृति, परम्परा रक्षाको लागि निरन्तर अग्रसर व्यक्तित्वको रुपमा शर्मालाई चिनिन्छ । नेपालभाषा शिरोमणि शर्माको असामयिक निधनप्रति भाषा, साहित्य क्षेत्रका विभिन्न संघसंस्थाहरुले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

  • २०७८ बैशाख १४, मंगलबार

    ऊर्जामन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौँ - ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

  • २०७८ बैशाख ११, शनिबार

    कोरोना संक्रमणबाट संविधानसभा सदस्यको निधन

    कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगञ्ज- ३ निवासी संविधानसभा सदस्य सिद्दिकीको शनिबार उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि केही दिनदेखि उनको भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको उपचारका क्रममा शनिबार निधन भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ । उनी २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी...

  • २०७८ बैशाख ६, सोमबार

    मदनकृष्ण श्रेष्ठको पूरै परिवारलाई कोरोना संक्रमण

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको पूरै परिवार कोरोनाबाट संक्रमित भएको छ । श्रेष्ठले आफूसहित छोरा, छोरी, बुहारी र नातिनी पाँचैजनालाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले कोरोनालाई खेलाँची नगर्न आग्रह गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

  • २०७८ बैशाख ६, सोमबार

    काठमाडौंका प्रथम मेयर प्रयागराज सिंह सुवाल रहेनन्

    काठमाडौं – तत्कालीन काठमाडौं नगरपालिकाका निर्वाचित प्रथम सभापति (मेयर) प्रयागराजसिंह सुवाल रहेनन् । ९३ वर्षका सुवालको आइतबार बेलुका ७ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । दिवंगत सुवाललाई श्रद्धाञ्जलि दिन उनको पार्थिव शरीरलाई सोमबार बिहान १० बजेसम्मको लागि ओमबहालस्थित नःबहिलीमा राखिने जनाइएको छ । सुवालका दुई छोरा र एक छोरी रहेका छन् । ११ वर्षकै उमेरमा राणाविरोधी आन्दोलनमा लागेका सुवाल काठमाडौंका...

  • २०७८ बैशाख १, बुधबार

    आनी छोइङ डोल्मा डब्लूडब्लूएफ सद्भावना दूत

    विश्वव्यापी रूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले हालै आनी छोइङलाई सद्भावना दूत नियुक्त गरेर वातावरण संरक्षणमा नेपालका प्रयासहरु र नेपालले गर्नुपर्ने कार्यहरुका...

  • २०७७ चैत्र ३१, मंगलबार

    कीर्तिपुर ७ का वडाध्यक्ष एवं बाघभैरव नाचका गुरु राजकुमार माली रहेनन्

    कीर्तिपुर नगरपालिका ७ वडाका वडाध्यक्ष एवं कीर्तिपुरमा १२ वर्षमा एकचोटी प्रदर्शन गरिने बाघभैरव नाच (गथु प्याखं) का गुरु राजकुमार मालीको आज सोमबार असमायिक निधन भएको छ । ५३ वर्षीय माली ब्रेन हेमरेजका कारण चैत्र २८ गते शनिबार काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल उपचारका लागि भर्ना भएको थिए । अति मिलनसार एवं नरम अनि सरल ब्यवहारका स्वर्गीय राजकुमार माली कीर्तिपुर नगरपालिका ७ वडास्थित भाजंगल टोलमा...

  • २०७७ चैत्र २७, शुक्रबार

    गायक भीम तुलाधरलाई मातृशोक

    काठमाडौं– गायक भीम तुलाधरलाई मातृशोक परेको छ । गायक भीम तुलाधरकी आमा दानलक्ष्मी तुलाधरको बिहिबार निधन भएको गायक सञ्जय श्रेष्ठले जानकारी दिनु भएको छ । उहाँ ९१ वर्षको हुनु हुन्थ्यो । गायक श्रेष्ठका अनुसार दानलक्ष्मी तुलाधरको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । उहाँको आज शुक्रवार अन्तिम संस्कार गरिएको छ । उहाँको हिजो बिहिबार दिउँसो २ बजे मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, सितापाईलामा...

  • २०७७ चैत्र १६, सोमबार

    माणिकलाल श्रेष्ठलाई सम्झँदै नेपालभाषा केन्द्रीय विभागमा श्रद्धाञ्जलि गोष्ठी

    काठमाडौं - नेवार अगुवा एवं नेपालभाषा साहित्यका वरिष्ठ समालाेचक प्रा. माणिकलाल श्रेष्ठकाे एक श्रद्धाञ्जलि गाेष्ठीकाे आयाेजना गरिएकाे छ । नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसमकाे आयाेजनामा आज साेमबार बिहान विभागमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे । विभागीय प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वर्गीय श्रेष्ठकाे तस्बिरमा माल्यापर्ण गरी उहाँकाे स्मृतिमा एक मिनेट...

  • २०७७ चैत्र १५, आइतबार

    जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

    जनआन्दोलन २०६२÷६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उहाँलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गर्नुभएको हो । सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा...

Pages