STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७७ चैत्र १, आइतबार

    समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदक

    ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ । सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो भने नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजनकारी भुमिका निर्वाह गर्नुभएको थियो ।...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

    काठमाडौँ – अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर तेजाब आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको जानकारी गराएको छ । ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको...

  • २०७७ फाल्गुण १८, मंगलबार

    बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

    काठमाडाैं - स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले...

  • २०७७ फाल्गुण १६, आइतबार

    नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार

    काठमाडाैं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको छ । मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।   ‘क्रिटिकल नै छ तर, सुधार हुने क्रममा छ । खुट्टाको चाल हिजोको भन्दा राम्रो भएको छ’, नर्भिकका एक चिकित्सकले भने, ‘बिहान टाउको सिटिस्क्यान गरिएको छ । ड्रेन राखिएको छ ।’ बेहोस...

  • २०७७ फाल्गुण १५, शनिबार

    नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिएन

    काठमाडौँ – पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न

    काठमाडौँ – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर मस्तिष्कघात भएपछि शरीरको देब्रे भाग नचल्ने समस्या देखियाे । उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट बिहानै थापाथलीस्थित नर्भिक अस्पताल सारियो। मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्। ब्रेन ह्यामरेज भएको र अवस्था चिन्ताजनक...

  • २०७७ फाल्गुण ११, मंगलबार

    आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

    काठमाडाैँ – आज प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाउँदै छन् । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो । उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

  • २०७७ फाल्गुण ९, आइतबार

    बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्। भट्टराई आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो-...

  • २०७७ फाल्गुण ६, बिहिबार

    प्रजातन्त्र दिवस विशेष एक कमाण्डरको सम्झना

    काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुग्नुभयो । त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो । थीरबम भने व्यक्तिगत पहल र खर्चमा देहरादुन जानुभयो । सैनिक...

  • २०७७ फाल्गुण १, शनिबार

    सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान दिने

    काठमाडाैँ - शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले किष्ट...

  • २०७७ माघ २०, मंगलबार

    सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा

    काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् । जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट...

  • २०७७ पौष १९, आइतबार

    कोरोनाबाट शेखर कोइरालाका दाजुको निधन

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।  कोरोना संक्रमणपछि दिल्लीको म्याक्स अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको हो । पर्यटन व्यवसायीसमेत रहेका कोइराला केशव कोइराला र नोना कोइरालाका छोरा तथा कांग्रेस नेता शेखर कोइरालाका दाजु हुन् ।  दाजु बिरामी भएपछि १४ पुसमा शेखर कोइराला दिल्ली गएका थिए । उनको आजै...

Pages