STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७७ कार्तिक १६, आइतबार

    डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं – नेवार अगुवा एवं नेवार आन्दोलनका अग्रज डा. महेशमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि श्रेष्ठमा ज्वर देखिएपछि उहाँको स्वाब परीक्षणको लागि पठाइएको थियो । सो परीक्षणमा उनको कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो । श्रेष्ठका छोरा डा. मनोजमान श्रेष्ठले दिनुभएको जानकारीअनुसार अहिले श्रेष्ठ घरमै आइसोलेसनमा हुनुहुन्छ । अब केही दिन उहाँ घरमै आराम गर्नुहुने जानकारी डा....

  • २०७७ कार्तिक १५, शनिबार

    काठमाडौं महानगर प्रमुख शाक्यकी छोरीद्वारा ‘प्लाज्मा दान’

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यकी छोरी पलिस्था शाक्यले कोरोना भाइरसको संक्रमणमा परी कोभिड १९ रोगको उपचारमा उपयोगी  प्लाज्मा दान गरेकी छिन ।  कोभिड १९ लाई जित्न सफल भएकाहरुको रगत प्रयोग गरी उपचार गर्ने विधीलाई प्लाज्मा भनिन्छ भने प्रमुख शाक्यका अनुसार पलिस्थाले शुक्रवार मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी हुन् ।  केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा...

  • २०७७ कार्तिक १२, बुधबार

    वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

    झापा – वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आउनुभएको थियो । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि...

  • २०७७ कार्तिक ८, शनिबार

    बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ। उनले शनिबार बिहान ट्वविटमार्फत आफु सँगै श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । भट्टराईले ट्वविटमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’ उनले चिकित्सकहरूको...

  • २०७७ कार्तिक ७, शुक्रबार

    मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

    मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षीय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो । दाहालले भने...

  • २०७७ कार्तिक ४, मंगलबार

    भौतिक पूर्वाधार मन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् । सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् । आइतबार सामान्य ज्वरो आएपछि...

  • २०७७ कार्तिक ३, सोमबार

    देय् दबूका पूर्वसचिवलाई पितृ शाेक

    काठमाडाै‍ं – नेवारहरुकाे राष्ट्रिय स‌ंगठन नेवाः देय् दबूका पूर्व केन्द्रीय सचिव जितेन्द्र बिलास बज्राचार्यलाई पितृ शाेक परेकाे छ । बज्राचार्यका पिता रिध्दी बिलास बज्राचार्यकाे ९० वर्षकाे उमेरमा हिजाे देहावसान भएकाे छ । दिव‌ंगत वज्राचार्य काठमाडाैं २४ वडा मखन विहारका सम्माननीय व्यक्तित्व हुनुहुन्थ्याे ।

  • २०७७ कार्तिक २, आइतबार

    कमल थापा आइसियूमा

     काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापालाई आइसियूमा भर्ना गरिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार ओम अस्पताल भर्ना भएका उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा असहज महसुस भएपछि आइसियूमा भर्ना गरिएको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट...

  • २०७७ आश्विन ३०, शुक्रबार

    कमल थापालाई कोरोना संक्रमण

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । बुधबार टाउको सामान्य दुखेपछि कोरोना परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।  उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरमार्फत जानकारी दिएका छन् । थापा होम आइसोलेसनमै बसेका छन् । उनले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई  सतर्क रहन आग्रह गरेका छन् ।

  • २०७७ आश्विन २८, बुधबार

    क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनलाई काेराेना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले जनाएकाे छ। ‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।...

  • २०७७ आश्विन २४, शनिबार

    पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    काठमाडाैँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

  • २०७७ आश्विन २३, शुक्रबार

    गायक विदु शर्मा रहेनन्

    काठमाडौं – नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक विदु शर्माको बिहीबार वीर अस्पतालमा निधन भएको छ । दमका रोगी ७० वर्षीय शर्माको सुगरको स्तर घटेपछि उहाँ वीर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो भने उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको अन्तिम संस्कार बिहीबार नै पशुपतिको आर्यघाटमा सम्पन्न भएको थियो । शर्माको परिवारमा उनको जहान रहेका छन् । विसं २००७ सालको कार्तिक कृष्णपक्षको अष्टमीमा जन्मिनुभएका...

Pages