STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७८ जेठ ३, सोमबार

    वाङमय जगतका प्रसिद्ध लेखक राजेन्द्र सुवेदीको निधन

    वरिष्ठ समालोचक एवं साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ ।  सुवेदीको जेठ  ३ गते सोमबार विहान निधन भएको हो । उहाँ केही समय अगाडि देखि  अस्वस्थ रहँदै आउनु भएको थियो भने उहाँलाई   कोरोना संक्रमण भइको पुष्टि भए पछि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । यस पछि उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । त्रिभुवन विश्वविद्यिालयमा नेपाली...

  • २०७८ जेठ ३, सोमबार

    हास्यकलाकार रवि डंगोलले जिते कोरोना

    काठमाडौं – लोकप्रिय हास्यकलाकार रवि डंगोलले काेराेनालाई जितेका छन् । आफूलाई कोरोना संक्रमण भएको कुरा इच्छा नहुँदा पनि सार्वजनिक रुपमा राखेको डंगोलले आफ्नो फेसबुक पृष्ठमा लेखेका छन् । कलाकार डंगोलले आइतबारको आफ्नो फेसबुक पृष्ठमा लेखेका छन् – ‘पोष्ट गर्ने इच्छा नहुँदा पनि... केही दिनदेखि कोरोनासँग लडिरहेको छु । ९ दिनसम्म अति सकस र कठिनपूर्ण घरमै र ९ दिन निदान अस्पतालमा उपचार गरेपछि हिजो (शनिबार)...

  • २०७८ जेठ १, शनिबार

    अनुसन्धाता डा. साफल्य अमात्य रहेनन्

    वरिष्ठ अनुसन्धाता एवं सम्पदाविद् डा. साफल्य अमात्यको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उहाँको इतिहास एवं सम्पदा विषय समेटिएको अनुसन्धानात्मक पुस्तक ‘वागमती सभ्यता’ प्रकाशित भइसकेको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि उहाँको वीर अस्पतालमा उपचार भइरहेको थियो । बिहीबार उहाँको निधन भएको थियो । दिवंगत अमात्य विसं १९९९ सालमा ओमबहालमा जन्मिएका थिए । पुरातत्व विभागका पूर्वमहानिर्देशक रहिसकेका अमात्यको...

  • २०७८ बैशाख ३०, बिहिबार

    वडाअध्यक्ष एवं गीतकार शाक्यलाई मातृशोक

    ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष एवं नेपालभाषाका ख्यातिप्राप्त गीतकार तथा चलचित्र निर्माता निर्मलरत्न शाक्यलाई मातृशोक परेको छ । चलचित्र "एक दिन एक रात " निर्माण गर्नु भएका निर्मलरत्न शाक्यले   तीन दर्जन भन्दा बढी गीत रचना गरीसक्नु भएको छभने " ल्ववन " नामक म्युजिक भिडियो संग्रह पनि निकाल्नु भएका शाक्यको आमा धर्मलक्ष्मी शाक्यको ८० वर्षको उमेरमा बुधबार राति निधन भएको हो । कोरोना संक्रमणको...

  • २०७८ बैशाख २८, मंगलबार

    बागमती प्रदेशका सांसद चौलागाईंको कोरोनाबाट निधन

    एमाले नेता एवं बागमती प्रदेशका सांसद पशुपति चौलागाईंको निधन भएको छ । काठमाडाैं स्वयम्भूस्थित मनमोहन अस्पतालमा नेता चौलागाईंकाे निधन भएको हो । एमाले नेता सुरेन्द्र पाण्डेले ६१ वर्षीय चौलागाईंकाे निधन भएकाे बताए । कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी एमाले पोलिटब्युरो सदस्य थिए । एमालेभित्र उनी निष्ठावान र त्यागी नेताका रूपमा चिनिन्थे । दाेलखाका सांसद चौलागाईं विद्यार्थी...

  • २०७८ बैशाख २३, बिहिबार

    गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान रहेनन्

    गोल्डेन भ्वाइस अफ नेपालका रुपमा चिनिएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीवार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई तीन दिन अगाडि न्यूरो अस्पताल भर्ना गरिएको थियो । नेपाली सांगितिक क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधानको ८३ वर्षको उमेरमा निधन भएको हो । उनी कोरोना संक्रमित थिए । अति नै लोकप्रिय गीत घुम्तीमा नआउ है लगायत गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘...

  • २०७८ बैशाख २३, बिहिबार

    समालोचक इन्द्र माली रहेनन्

    काठमाडौं – नेपालभाषा साहित्यका वरिष्ठ समालोचक इन्द्र मालीको आज बिहीबार बिहान निधन भएको छ । काठमाडौंको गंगालाल हृदय रोग प्रतिष्ठानमा उहाँको निधन भएको हो । लामो समयदेखि मुटुरोगबाट ग्रस्त मालीको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । दिवंगत मालीमा कोरोना भाइरस पोजेटिभ पनि देखिएकोले उनको शव व्यवस्थापन नेपाली सेनाबाट हुने सुचना पनि प्राप्त भएको छ । दिवंगत माली नेपालभाषा एकेदमिया संस्थापक हुनुहुन्छ भने...

  • २०७८ बैशाख १९, आइतबार

    पर्यटनमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका...

  • २०७८ बैशाख १७, शुक्रबार

    कोराेनाकाे आशंकामा प्रेमध्वज प्रधान अस्पताल भर्ना

    काठमाडौं – नेपालका वरिष्ठ संगीतकार एवं गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान अस्पताल भर्ना भएका छन् । संगीतकार योगेश वैद्यले आफ्नो फेसबुक पृष्ठमार्फत् प्रधान अस्पताल भर्ना भएको जनाएका छन् । वैद्यले आफ्नो फेसबुक पृष्ठमा लेखेका छन्, “हाम्रा सर्वप्रिय वरिष्ठतम् अग्रज गायक एवं संगीतकार प्रेमध्वज प्रधान कोभिड–१९ बाट संक्रमित हुनुभएको आशंकामा तत्काल उपचारको लागि काठमाडौं न्युरो अस्पतालमा भर्ना...

  • २०७८ बैशाख १७, शुक्रबार

    नेपालभाषा शिरोमणी शर्माको निधन

    काठमाडौं – नेपालभाषा शिरोमणि एवं नेवार अगुवा रमापतिराज शर्माको बिहीबार बेलुका निधन भएको छ । नेपालभाषा साहित्य, कला, संस्कृति, परम्परा रक्षाको लागि निरन्तर अग्रसर व्यक्तित्वको रुपमा शर्मालाई चिनिन्छ । नेपालभाषा शिरोमणि शर्माको असामयिक निधनप्रति भाषा, साहित्य क्षेत्रका विभिन्न संघसंस्थाहरुले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

  • २०७८ बैशाख १४, मंगलबार

    ऊर्जामन्त्रीलाई कोरोना संक्रमण

    काठमाडौँ - ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

  • २०७८ बैशाख ११, शनिबार

    कोरोना संक्रमणबाट संविधानसभा सदस्यको निधन

    कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको निधन भएको छ । बाँकेको नेपालगञ्ज- ३ निवासी संविधानसभा सदस्य सिद्दिकीको शनिबार उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि केही दिनदेखि उनको भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको उपचारका क्रममा शनिबार निधन भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ । उनी २०३६ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी...

Pages