STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोराेनाकाे आशंकामा प्रेमध्वज प्रधान अस्पताल भर्ना

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७८ बैशाख १७, शुक्रबार

काठमाडौं – नेपालका वरिष्ठ संगीतकार एवं गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान अस्पताल भर्ना भएका छन् ।

संगीतकार योगेश वैद्यले आफ्नो फेसबुक पृष्ठमार्फत् प्रधान अस्पताल भर्ना भएको जनाएका छन् ।

वैद्यले आफ्नो फेसबुक पृष्ठमा लेखेका छन्, “हाम्रा सर्वप्रिय वरिष्ठतम् अग्रज गायक एवं संगीतकार प्रेमध्वज प्रधान कोभिड–१९ बाट संक्रमित हुनुभएको आशंकामा तत्काल उपचारको लागि काठमाडौं न्युरो अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको शीघ्रातिशीघ्र स्वास्थ्यलाभको निम्ति प्रार्थना गर्दछु ।”

गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान नेपाली सांगीतिक क्षेत्रमा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यलाई गीत गाउन प्रेरणा दिने व्यक्तित्व पनि हुनुहुन्छ । एक समय नारायणगोपाल तबलावादक थिए ।

यसैगरी, नेपालभाषाको प्रथम रक एण्ड रोल गीत गाउनुहुने गायक पनि प्रेमध्वज प्रधान नै हुनुहुन्छ । उहाँले ‘बालाबाला चिंगु मिखा’ नामक रक एण्ड रोल गीत आफैले गितार बजाएर त्रिचन्द्र कलेजको सांगीतिक कार्यक्रममा प्रस्तुत गरेका थिए ।

Categorized in व्यक्तित्व