STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७९ बैशाख ११, आइतबार

    एमालेका मेयर उम्मेदवार केशव स्थापितको विगत नियाल्दा

    अहिले काठमाडौं महानगरको एमालेका मेयर उम्मेदवार केशव स्थापित निकै चर्चामा छन् । बहुदलीय प्रजातन्त्र आएपछि २०४७ सालमा एमालेले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ स्थापना गर्दा ओली अध्यक्ष थिए भने स्थापित महासचिव । युवा परिचालन गर्नसक्ने र आँटेको कुरा गरिहाल्ने स्थापितको स्वभावबाट ओली त्यहींबाट प्रभावित भएका थिए । २०४९ को स्थानीय चुनावमा उनी महानगरको उपमेयरमा उठे । त्यतिबेला नवीन्द्रराज...

  • २०७९ बैशाख ९, शुक्रबार

    विवाह बन्धनमा अभिनेत्री केकी

    काठमाडौं - अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेकी छन् । अभिनेत्री अधिकारीले बुधबार ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।

  • २०७८ फाल्गुण २५, बुधबार

    अभिनेत्री पल्पसाको किडनी प्रत्यारोपण सफल

    हास्य अभिनयकालागि ख्यातिप्राप्त  लोकप्रिय अभिनेत्री पल्पसा डंगोलको मृगौलाको  प्रत्यारोपण शिक्षण अस्पताल माहाराजगन्जमा भएको छ । बिगत केही महिना देखी अभिनेत्री पल्पसाको किडनीले काम गर्न छोडे पछि प्रत्यारोपणका लागि पहल भैरहेको थियो । नेपालको कानुन अनुसार किडनी प्रत्यरोपणका लागि नजिकका आफन्त हुनुपर्ने कारणले पल्पसाका भाई अजु डंगोलले किडनी प्रदान गर्नु भएकोछ । बुधबार सम्पन्न   करिब ५ घण्टा लागेको...

  • २०७८ फाल्गुण ११, बुधबार

    कलकत्ते काइँयाेका गायक एवं कलाकार जयनन्द लामा रहेनन्

    काठमाडौं : कलाकार तथा लोक गायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान उनको निधन भएको हाे । बुधबार बिहान आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हो । उनले अहिलेसम्म एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गरेका लामा निरन्तर चलचित्रमा अभिनयमा सक्रिय थिए।  उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा...

  • २०७८ फाल्गुण ३, मंगलबार

    वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माकाे निधन

    काठमाडौं Iवरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा (ताना शर्मा)को निधन भएको छ । आज विहान ८: ३० बजे घरमै असमायिक निधन  भएको इलाम विकास समाज, काठमाडौं का अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । उहाँको आजै दिउसो अन्तिम  संस्कार हुने लेकालीले जानकारी दिनुभयो । डिमेन्सिया रोग बाट पीडित हुनु भएका शर्माको वि. स. १९९१ असार ९ गते बरबोटे, इलाममा जन्म भएको थियो । उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका...

  • २०७८ फाल्गुण ३, मंगलबार

    स्वास्थ्यमा सुधार भएपछि संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

    फागुन ३, काठमाडौं - स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।    ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।रासस

  • २०७८ माघ २९, शनिबार

    छायाँकार धुँजुलाई पत्नीशोक

    माघ २९, काठमाडौं – नेपालका वरिष्ठ प्राविधिक, छायाँकार एवं एभरेष्ट फिल्म एकेडेमीका प्रिन्सिपल गौरीशंकर धुँजु श्रेष्ठकी जहान सरिता धुँजु श्रेष्ठको आज दिउँसो निधन भएको छ । ५८ वर्षीय सरिता धुँजुको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको हो । केही समयअघिदेखि पाठेघरको क्यान्सरबाट पीडित श्रेष्ठको आज निधन भएको हो । दिवंगत सरिता धुँजुका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दिवंगत...

  • २०७८ माघ २७, बिहिबार

    मन्त्री खतिवडाद्वारा सत्यमाेहनको स्वास्थ्य अवस्थाबारे जानकारी

    माघ २७, काठमाडौं (रासस) - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । साे अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल...

  • २०७८ माघ २५, मंगलबार

    अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य स्थितिमा सुधार

    वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीको शरीरमा अक्सिजन कमी भएकाले सोमबार उहाँलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको छ । मङ्गलबारदेखि उहाँको स्वास्थ्यमा सुधार आएको बेहोरा कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ । शताब्दी पुरूष डा. जोशीका प्रिय पात्र तथा जोशीको सेवामा अहोरात्र खटिएकी देवकी श्रेष्ठका अनुसार डा.जोशीले एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको छ । शताब्दी पुरूष डा....

  • २०७८ माघ ९, आइतबार

    प्रचण्ड पत्नीलाई कोरोना संक्रमण

    माघ ९, काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । दाहालमा निमोनियाको लक्षण पनि देखिएको बताइएको छ । उनी लामाे समयदेखि अस्वस्थ छिन् । यसअघि प्रचण्डलाई पनि संक्रमण भएको थियो । उनी...

  • २०७८ माघ ६, बिहिबार

    नेवार अगुवा लक्ष्मीदास मानन्धर रहेनन्

    काठमाडौं, माघ ६ ( भाषासेवी, उद्योगपति, समाजसेवी एवं नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति सल्लाहकार समितिका संयोजक नेवार अगुवा साहु लक्ष्मीदास मानन्धर आज (बिहीबार) साँझ दिवंगत हुनुभएको छ । मानन्धरको परिवारले दिएको जानकारीअनुसार साँझ अकस्मात् स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई ह्याम्स अस्पताल लगिएको थियो । अस्पतालमै मानन्धरको हृदयाघातबाट मृत्यु भएको जनाइएको छ । ९३ वर्षीय मानन्धरलाई केही दिनअघि...

  • २०७८ माघ ३, सोमबार

    प्रचण्ड कोरोना संक्रमणमुक्त

    काठमाडाैं, माघ ३ -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमणमुक्त भएका छन् । प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको छ । पीसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् । ‘अध्यक्ष कमरेड प्रचण्डको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त हुनुभएको छ । यस...

Pages