STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७८ भाद्र ११, शुक्रबार

    नेपालभाषा काव्य जगतका स्रष्टा पूर्ण वैद्य रहेनन्

    नेपालभाषाको काव्य क्षेत्रमा आधुनिकताको जग राख्नुहुने कवि पूर्ण वैद्यको बिहीबार निधन भएको छ । कवि वैद्यको बिहीबार बेलुका पाटनको निदान अस्पतालमा मृत्यु भएको हो । वैद्यको परिवारका अनुसार शुक्रबार बिहान पशुपतिमा अन्तिम संस्कार गरिने भएको छ । कब्जियतको समस्या रहेका वैद्य भदौ २ गते निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए भने उहाँको कोरोना परीक्षण पनि पोजेटिभ आएको थियो । भेन्टिलेटरमा उपचारार्थ वैद्यले...

  • २०७८ भाद्र ९, बुधबार

    नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष रहेनन्

    काठमाडौं – नेवाः जागरण मञ्च व्यापारिक समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिवंगत भएका श्रेष्ठ प्रतिष्ठित व्यापारी एवं समाजसेवी हुनुहुन्थ्यो । उहाँका तीनजना छोरा र जहान हुनुहुन्छ । ठूलो छोरा नेवार क्षेत्रका सक्रिय अभियन्ता हुनुहुन्छ भने अरु दुई छोराहरु निरेश श्रेष्ठ र दिनेश श्रेष्ठ नेवाः जागरण मञ्चका सदस्य पनि हुनुहुन्छ ।

  • २०७८ श्रावण ९, शनिबार

    कलाकार डंगोललाई मिर्गौला दिन ५ जना आफन्त इच्छुक

    काठमाडौँ - दुवै मिर्गौला फेल भएपछि हाल टिचिङ अस्पतालमा उपचार गराइरहेकी हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मृगौला पाउने भएकी छिन् । पल्पसाका भाइ राजुले मिर्गौला दिन ५ जना आफन्त तयार भएको जानकारी दिएका छन् । उनले भने ‘अहिले हामीले दिदीका लागि मिर्गौला पाइसकेका छौँ । चार–पाँच जनाले दिने भनेर आउनुभएको छ, तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’ टेलिसिरियल ‘मेरीबास्सै’ मा...

  • २०७८ श्रावण ६, बुधबार

    चित्रकलाका शिखर पुरुष, नेपाली फिल्मका प्रथम भिलेन उत्तम नेपालीको निधन

    नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ ।  विशिष्ट कलाकर्मि  नेपालीकोबारे धेरै कुरा प्रकाशमा आएपनि उहाँ नेपाली फिल्मका प्रथम भिलेन हुनुहुन्छ भन्ने कुरा खासै बाहिर आएको छैन ।  उहाँले वि सं २०२२ साल असोज १५ गते प्रदर्शित आमा फिल्ममा खराब मानिस यानिकी भिलेन भएर अभिनय गर्नु भएको थियो । यस हिसाबले उत्तम नेपाली नेपाली फिल्म क्षेत्रका पहिलो भिलेनका रुपमा लिनु...

  • २०७८ आषाढ ३०, बुधबार

    नेपालको पहिलो महिला कुश्तीबाजलाई कलाकार संघको सहयोग

    नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा  नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई  संघको कार्यालयमा अध्यक्ष रविन्द्र खडकाले तेईस हजार सहयोग रकम प्रदान गर्नु भयो । मङ्गलबार सम्पन्न कार्यक्रममा नेपालको पहिलो महिला कुश्तीबाज अनि रेसलर तथा फाउण्डेसनकी अध्यक्ष भगवती खडका कोभिड को दोश्रो भेरियन्टबाट पिडित हुनु भएको थियो भने उहाँको संस्थासंग सम्बन्धित रहेको ४०/४५ जना...

  • २०७८ आषाढ २१, सोमबार

    माओवादी नेतृ पम्फा भुसाललाई मातृशोक

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकलाको आज साेमबार बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा...

  • २०७८ आषाढ ४, शुक्रबार

    शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा उपचार  सम्पन्न गरी आज आफ्नो गृह प्रवेश हुनुभएको छ । समान्य हिँडडुल गर्न थालेपछि उहाँलाई  अस्पतालबाट डिस्चार्ज गरी  घरै पठाइएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ । अस्पतालको स्रोत अनुसार डा.जोशीलाई श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएको थियो । डिस्चार्ज हुनुभई घर पुग्नु...

  • २०७८ आषाढ १, मंगलबार

    निशा घिमिरे संरक्षण कोश स्थापना

    दुई बर्ष अगाडी भएको सड़क दुर्घटना बाट गम्भीर अबस्थामा रहनु भएकी अभिनेत्री/मोडल निशा घिमिरेको उपचार नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी तथा अस्पतालकी निर्देशक मेघा चौधरीको सदाशयता र सदभावबाट निःशुल्क भैरहेको छ भने उनको स्वास्थ्य आशातित रुपमा सुधार पनि भईरहेको कुरा नेपाल चलचित्र कलाकार संघले जनाएको छ । अभिनेत्री निशाको अबस्था सार्वजनिक भएपछि कलाकार  संघको समन्वय मा  शुभचिन्तक एवं केही संघ/...

  • २०७८ जेठ २७, बिहिबार

    शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार

    वाङमय शताब्दी पुरूष   विशिष्ट संस्कृतिविद् डा.सत्यमोहन जोशीको मुटुमा समस्या आएपछि बुद्धबार  उहाँलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो भने आज विहिबारदेखि उहाँको स्वास्थ्यमा सुधार आएको व्यहोरा मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको कुरा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जनाएको छ । छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्याइएको थियो भने...

  • २०७८ जेठ २५, मंगलबार

    कलाकार एकाराम सिंको निधन

    काठमाडौं – लोकप्रिय चित्रकार, संस्कृतिविद् एवं नेपालभाषाका सक्रिय कार्यकर्ता एकाराम सिंको निधन भएको छ । ५४ वर्षीय सिंको सोमबार बेलुका निधन भएको हो । कोरोना संक्रमित सिंको कपनको करुणा अस्पतालमा एक महिनाअघिदेखि उपचार भइरहेको थियो । दिवंगत सिंको जहान रति सिं, एक छोरा र दुई छोरी रहेका छन् ।

  • २०७८ जेठ २२, शनिबार

    कलाकार शाक्यको निधन

    कलात्मक हस्तकलाका मूर्धन्य कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको शनिबार निधन भएको छ । कलाकार शाक्यका एक विद्यार्थी मंजिल शाक्यले दिएको जानकारी अनुसार उनलाई कोरोना भाइरसको संक्रमण भएपछि उपचारको लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । शाक्यको सोही अस्पतालमा निधन भएको थियो । शाक्यको पूरै परिवार कोरोनाभाइरसको संक्रमणमा थिए । यसअघि संक्रमणकै कारण उनको पिताको एक महिनाअघि मात्र निधन भएको पनि मंजिल...

  • २०७८ जेठ २०, बिहिबार

    नेवाः राष्ट्रिय आन्दोलनद्वारा पत्रकार कंसाकारप्रति श्रद्धाञ्जलि व्यक्त

    नेपालभाषा पत्रकारिताका वरिष्ठ पत्रकार एवं नेवार अगुवा सुशीलवीर सिंह कंसाकारको निधनप्रति नेवाः राष्ट्रिय आन्दोलनले शोक वक्तव्य जारी गर्दै दिवंगत कंसाकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । कंसाकारको निधनले नेवाः राष्ट्रिय आन्दोलनका कार्यकारिणी सदस्यसमेत रहेका कंसाकारको निधनले नेवारहरुको आवाज बुलन्द पार्न सक्रिय एवं क्रियाशील सदस्य गुमाएकोमा आन्दोलनलाई ठूलो क्षति पुगेको जनाएको छ । आन्दोलनका अध्यक्ष...

Pages