STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्यमा सुधार भएपछि संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता

Janjati Khabar – रासस | २०७८ फाल्गुण ३, मंगलबार

फागुन ३, काठमाडौं - स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् ।   

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भतिज अजर जोशीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।रासस

Categorized in व्यक्तित्व