व्यक्तित्व
-
२०८० जेठ ३०, मंगलबार
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं - शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगृका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने...
-
२०८० जेठ २८, आइतबार
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको...
-
२०८० बैशाख ७, बिहिबार
ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ रहेनन्
नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ । करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको पारिवारिक सुत्रले बताएको छ । स्वास्थ्य परिक्षणको क्रममा जण्डिस भएको ठहरिएको र अस्पतालमै उपचार गराइरहनु भएको थियो । उपचारको...
-
२०८० बैशाख ६, बुधबार
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो । उपचारका लागि भारत प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेललाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । राष्ट्रपति पौडेलको...
-
२०८० बैशाख ३, आइतबार
एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडौं - भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन...
-
२०८० बैशाख २, शनिबार
शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन
काठमाडौं - वाङमय शताब्दी पुरुष संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५:१५ मिनेट जाँदा ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ‘बिहीबारदेखि उनको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ८४ वर्षसम्म संस्कृतिविद् सत्यमोहन जोशीसँग सहयात्रा गरेकी राधादेवी लामोसमयदेखि विभिन्न रोगको उपचारमा...
-
२०७९ चैत्र २२, बुधबार
पाँच दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्के
काठमाडौं - पाँच दिनसम्म उपचार गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पौडेल बुधबार दिउँसो शीतल निवास फर्केका हुन् । पौडेलको उपचारमा डा. निरज बम संलग्न थिए । शीतल निवासमा भिडभाड र भेटघाट बढी भएकाले राष्ट्रपतिलाई अस्पतालमै बसेर स्वास्थ्यलाभ लिन चिकित्सकले सल्लाह दिएको राष्ट्रपति पौडेलका सञ्चार सहयोगी खिला...
-
२०७९ चैत्र १०, शुक्रबार
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
काठमाडौं - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक हुन् । उनी निमोनियाबाट पीडित थिइन् । २०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन गरेकी थिइन् । रेडियो नेपालमै उनले नासो तथा वन र वातावरण...
-
२०७९ फाल्गुण २५, बिहिबार
को हुन् राष्ट्रपति रामचन्द्र पौडेल ?
काठमाडौं - मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा) र एक छोरा (चिन्तन) छन्। मध्यमवर्गीय किसान...
-
२०७९ माघ २४, मंगलबार
ज्येष्ठ कलाकार पदम बाको महाप्रस्थान
नेपाली कलाकारिता क्षेत्रका ज्येष्ठ कलाकार पदम बा अर्थात पदम प्रसाद पौडेल अब यो संसारमा रहेनन् । पदम बाको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । अाजै साँझ पशुपति आर्यघाटमा उनको अन्तिम् संस्कार गरियो । उनको अन्त्येष्टि मा कलाकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उनी चलचित्र नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य थिए । चलचित्रकर्मीहरुमाझ ‘पदम बा’ को नामले चिनिन कलाकार पौडेलले दर्जनौं नेपाली फिल्म...
-
२०७९ माघ २०, शुक्रबार
एकीकृत समाजवादीका नेता भूसाल बेहोस भएपछि अस्पताल भर्ना
काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । उनी पार्टी कार्यालय जाँदै गर्दौ आँफैले हाँकिरहेको गाडीमा बेहोस भएको हुन् । उनी वानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी गाडीमै बेहोस भएका हुन् । बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको अवस्था सुधार...


