STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाँच दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट फर्के

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २२, बुधबार

काठमाडौं - पाँच दिनसम्म उपचार गरेर राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पौडेल बुधबार दिउँसो शीतल निवास फर्केका हुन् ।

पौडेलको उपचारमा डा. निरज बम संलग्न थिए । शीतल निवासमा भिडभाड र भेटघाट बढी भएकाले राष्ट्रपतिलाई अस्पतालमै बसेर स्वास्थ्यलाभ लिन चिकित्सकले सल्लाह दिएको राष्ट्रपति पौडेलका सञ्चार सहयोगी खिला कार्कीले जानकारी दिए । अहिले पौडेलको अवस्था सामान्य छ ।

Categorized in व्यक्तित्व