STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ रहेनन्

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ७, बिहिबार

नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ । 

करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको पारिवारिक सुत्रले बताएको छ । 

स्वास्थ्य परिक्षणको क्रममा जण्डिस भएको  ठहरिएको र अस्पतालमै उपचार गराइरहनु भएको थियो । उपचारको क्रममा स्वास्थ्य सुधार भइरहेकोमा अचानक बुधबार स्वास प्रश्वासमा थप समस्या देखिएको र बिहीबार विहान आकस्मिक रुपमा देहत्याग गर्नु भएकाे हाे ।  प्राविधिक श्रेष्ठको परिवारमा उनको श्रीमती र विवाहित छोरी छन् ।

करिब चार दशक अगाडि नेपाली चलचित्रमा ध्वनि प्राविधिक रुपमा आफ्नो चलचित्र यात्रा शुरु गरेका प्राविधिक श्रेष्ठले तृष्णा, देउकी, प्रेयसी, विद्रोह, वीर गणेशमान लगायतका एकसयभन्दा बढी संख्याका नेपाली चलचित्रका साथै विश्व प्रसिद्ध चिनिया सिरियल पश्चिम तिरको यात्रा, ब्रुसली को कथा अनि सुयान चाङ्ग नामक चिनिया चलचित्रको नेपाली संस्करणको  ध्वनि प्राविधिक रुपमा काम गर्नुभएको थियो । त्यतिबेलाका धेरै चलचित्र पुरस्कारहरुमा सर्वोत्कृष्ट ध्वनि प्राविधिकको अवार्ड पनि उहाँले जित्नु भएको छ ।

Categorized in व्यक्तित्व