व्यक्तित्व
-
२०८१ माघ ४, शुक्रबार
गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट
गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् । शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ । युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु...
-
२०८१ पौष १, सोमबार
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, कंकेश्वरीमा अन्त्येष्टि
काठमाडौं- काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ । केही बेरअघि डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए । पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका...
-
२०८१ मङ्सिर २१, शुक्रबार
इतिहारकार पुरूषोत्तम शमशेर राणाको निधन
काठमाडौं- इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ। ९९ वर्षीय राणाको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिइन्। न्यून रक्तचाप जस्ता समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार बेलुकी करिब ८ बजे मेडिसिटी अस्पतालमा लगिएको थियो। राणाले 'श्री ३ हरूको तथ्य वृत्तान्त, लुकेछिपेका प्रतिभाहरू, राणाकालीन प्रमुख दरबारहरू' लगायत पुस्तक चर्चित छन्।
-
२०८१ कार्तिक २६, सोमबार
मह जोडी मध्येका हरिवंश आचार्यको जन्मदिनको अवसरमा पाटनमा रक्तदान
ललितपुरमा अहिले ऐतिहासिक कात्तिप्याखं दिनदिनै मन्चन भइरहेको छ । मल्ल राजा सिद्धि नरसिंह मल्ल को पालादेखि आरम्भ भएको कात्तिप्याखं संग हरिवंश राजोपाध्याय नाम गरेका एक ब्राम्हण पण्डित संग सम्बन्धित छ भने संजोगवश हरिवंश नै नाम गरेका विशिष्ट अभिनेताका रुपमा परिचित विशेषगरी हास्य अभिनयमा धनी कलाकार हरिवंश आचार्य ६८ वर्षको जन्मदिन सोमबार पाटन दरबार क्षेत्रमा मनाइयो। पाटनका शुभेच्छुकहरुले कलाकार...
-
२०८१ भाद्र १६, आइतबार
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
फुङ्लिङ (ताप्लेजुङ), लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर,...
-
२०८१ भाद्र ११, मंगलबार
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
कुम्भराज राई “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है रु” ठूलो बुबाकी छोरी ९दिदी० को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको...
-
२०८१ श्रावण ३१, बिहिबार
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियोे...
-
२०८१ श्रावण २३, बुधबार
पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर
पाँच वर्षको उमेरदेखि बुुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुुरका स्मृतिमा अझै ताजै छन् । पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । उहाँले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहनुभएको छ । गन्दर्भ समुदायमा सारङ्गी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उहाँले निरन्तरता दिइरहनुभएको हो । पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको...
-
२०८१ श्रावण १८, शुक्रबार
मानवताले ओतप्रोत राधिका शाक्य
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणहरुको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको प्राणीको कल्याण गर्नु हो । निःस्वार्थपूर्वक गरिने मानव सेवाबाट मात्रै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र उद्देश्यका साथ गर्नुपर्छ । सामाजिक सेवा गर्नु भनेको मानवीय धर्म हो, जीवन सार्थक बनाउने प्रयास हो । यही पवित्र...
-
२०८१ श्रावण १४, सोमबार
बुद्धजयन्ती मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा
पर्वत, गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो । बनौँ युवा क्लबले...
-
२०८१ श्रावण ११, शुक्रबार
कान्छी मट्याङट्याङ गाउने गायक जोशीको निधन
काठमाडौं - नेपाली लोकसंगीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापाको दमक नगरपालिका–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पतालमा निधन भएको हो । वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो...
-
२०८१ श्रावण ९, बुधबार
नेपालको फेसन दुनियाँको नायक : फुपू तेन्जिङ शेर्पा
बलिवुडमा सन् १९६९ मा एउटा चलचित्र आएको थियो— ‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मी कपुर, बैजयन्ती मालालाई हेर्दै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिलिमिली सारीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो सारी खुब बिक्री भयो भनिन्छ । आजभन्दा ५५ वर्षअघि नै...


