STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७८ मङ्सिर २९, बुधबार

    एमाले उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड–१९ पुष्टि

    २८ मंसिर, काठमाडौं - नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएको छ। ज्ञवालीले ट्विट गर्दै सामान्य लक्षण सहित संक्रमण पुष्टि भएको उनले जनाएका छन्। उनले पछिल्लो ४–५ दिन यता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र संक्रमणका कुनै लक्षण देखिए परीक्षण गराउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण दर बढ्न थालेको छ। अस्पतालमा उपचार गराउन आउनेको संख्या...

  • २०७८ मङ्सिर १४, मंगलबार

    प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

    १४ मंसिर, काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ । दुई दिनअघि प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उनले स्वास्थ्य परीक्षण गरेका थिए । जबरालाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

  • २०७८ मङ्सिर १०, शुक्रबार

    “अनि पुलिसमा जागिर नखाएर भो ” –चैतमाया डङ्गोल

     विसं २००८ को कुरा हो ।  काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियोे । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उहाँसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट...

  • २०७८ कार्तिक २३, मंगलबार

    नीलः सांस्कृतिक पुचःको उल्लेखनीय सांगितिक योगदान : जिउँदा सहिद राइमान शाक्यलाई रकम हस्तान्तरण

    सांगितिक सांस्कृतिक अभियान अन्तर्गत जनसमुदायबाट उठेको सहयोग रकम ४ लाख २९ हजार चानचुन । यो बाहेक सहयोगको लागि अन्य व्यक्तिहरुबाट पनि रकम सहयोग गर्ने आश्वासन । जिउँदा सहिद राइमान शाक्यलाई हस्तान्तरण गरेको रकम २ लाख पचास हजार पाँच रुपैंया । कीर्तिपुर/२०४६ साल जनआन्दोलनका जिउँदा सहिद कीर्तिपुर नयाँबजार निवासी राइमान शाक्यको सहयोगार्थ समाजसेवी एवं बरिष्ठ संगीतकर्मी तेजमान बज्राचार्य नेतृत्वको...

  • २०७८ कार्तिक ११, बिहिबार

    मन्त्री झाँक्री अस्पताल भर्ना

    काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भई बुधबार राती अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ ।

  • २०७८ कार्तिक ११, बिहिबार

    मन्त्री झाँक्री अस्पताल भर्ना

    काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भई बुधबार राती अस्पताल भर्ना भएको उनको सचिवालयले जनाएको छ । मन्त्री भएपछि झाँक्री देश दौडाहामा निस्किएका थिईन् । दौडधुप र धपेडीका कारण उनलाई केही दिन आरामको जरुरी रहेको जनाईएको छ ।

  • २०७८ कार्तिक १, सोमबार

    नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन रहेनन्

    नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनकाे निधन भएकाे छ । ५४ वर्षीय महर्जनलाई कोरोना संक्रमण भइरहेकाे थियाे भने उहाँलाई निमाेनियाले समातेपछि आज साेमबार उहाँकाे मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । दिवंगत रमेश महर्जन उद्योगी एवं समाजसेवी थिए भने उहाँ रत्न आभूषण महासंघका पनि अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी दिवंगत महर्जन नेपाल मण्डल टेलिभिजनका अध्यक्ष तथा विवेकशील साझा...

  • २०७८ आश्विन ३१, आइतबार

    मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।  एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार...

  • २०७८ आश्विन १८, सोमबार

    माधव नेपाल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् । अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

  • २०७८ भाद्र २१, सोमबार

    कीर्तिपुरका प्रथम जननिर्वाचित पूर्वमेयर हीराकाजी महर्जनको सठाइस वर्ष पुरानो ज्याकेट

    –प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’ कीर्तिपुरको राजनीतिक इतिहासमा सच्चा कम्युनिष्ठको रुपमा चिनिने, जस्ले तीस बर्षको उमेरमै २०५४ सालमा स्थानीय चुनावमा निर्वाचित भएर कीर्तिपुर नगरको प्रथम मेयर बने, आज भन्दा चार बर्षअघि २०७४ सालको अन्त्यमा, तिनै हीराकाजी महर्जनलाई मैले एउटा क्याफेमा भेटाएँ । कफीमा निकै सौखिन उनलाई कफीको दुनियाँमा समातिनु सामान्य थियो । समसामयिक राजनीतिक  कुराकानी हुने क्रममा, अर्कै...

  • २०७८ भाद्र १७, बिहिबार

    काठमाडौं १९ वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन

    काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा बिहीबार दिउँसो उनको निधन भएको थियो । खाना नलीको क्यान्सरबाट श्रेष्ठको निधन भएको हो । तीन महिनाअघि उनमा क्यान्सर पत्ता लागगेको थियो । श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान उनको शवलाई १९ वडा कार्यालयमा राखिने र दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने श्रेष्ठको परिवारले जानकारी दिएका छ ।  नेपाल विद्यार्थी...

  • २०७८ भाद्र १७, बिहिबार

    कलाकार निशा घिमिरेको मृत्यु

    काठमाडौं - मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमा भनेका छन्  ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’ दुर्घटना...

Pages