STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०७७ चैत्र १४, शनिबार

    कांग्रेसका शालीन नेता जाेशीकाे निधन

    नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको शुक्रबार बेलुका उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।  मष्तिष्कघात भएपछि गत १४ फागुनदेखि नर्भिक अस्पतालकाे भेन्टिलेटरमा उपचाररत थिए । श्रद्धाञ्जलीका लागि आज जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार जोशीको पार्थिव शरीर बिहान १०:०० बजेदेखि दिउँसो १.०० बजेसम्म केन्द्रीय कार्यालयमा...

  • २०७७ चैत्र ६, शुक्रबार

    साहित्यकार तथा सञ्चारकर्मी फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

    साहित्यकार, रंग पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो । काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा...

  • २०७७ चैत्र ४, बुधबार

    विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई प्रमाणपत्र प्रदान

    नेपाल र चीन गरी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने महिला पत्रकार कल्पना महर्जनलाई आज एक कार्यक्रममा प्रमाणपत्र प्रदान  गरेको छ । उत्तरी तथा दक्षिणी दुबै मोहोडाबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला पत्रकार को रुपमा उहाँलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको हो । ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा पत्रकार कल्पना महर्जनलाई पूर्व राष्ट्रपति रामवरण यादवले...

  • २०७७ चैत्र ४, बुधबार

    कांग्रेस नेता नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक

    काठमाडाैं - मस्तिष्कघातपछि उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे स्वास्थ्य अवस्था चिन्ताजनक छ । जोशीको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाका अनुसार जाेशीलाई एकाएक गाह्राे भएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 'स्वास्थ्य अवस्था गम्भीर छ।' जाेशीलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे । चिकित्सकका अनुसार उनकाे मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको थियाे,...

  • २०७७ चैत्र ३, मंगलबार

    नेवार अगुवा माणिकलाल श्रेष्ठ रहेनन्

    काठमाडौं - नेवार अगुवा एवं नेपालभाषा साहित्यका वरिष्ठ समालाेचक प्रा. माणिकलाल श्रेष्ठकाे आज विहान निधन भएकाे छ । ८९ वर्षीय श्रेष्ठ लामाे समयदेखि अस्वस्थ थिए र उनकाे काठमाडौंकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे थियाे । उपचारककै क्रममा श्रेष्ठको निधन भएकाे हाे । उनकाे दुई छाेरा छन् । जेठाे छाेरा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्र श्रेष्ठको अन्तिम संस्कार गरिने जनाइएकाे छ । श्रेष्ठ नेपालभाषा...

  • २०७७ चैत्र १, आइतबार

    समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदक

    ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ । सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो भने नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजनकारी भुमिका निर्वाह गर्नुभएको थियो ।...

  • २०७७ फाल्गुण २१, शुक्रबार

    अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई

    काठमाडौँ – अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर तेजाब आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको जानकारी गराएको छ । ठूलो व्यक्तिगत जोखिम, त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको...

  • २०७७ फाल्गुण १८, मंगलबार

    बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

    काठमाडाैं - स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् । स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन थालेको उनको सचिवालयले जनाएको छ । न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले...

  • २०७७ फाल्गुण १६, आइतबार

    नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार

    काठमाडाैं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको छ । मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।   ‘क्रिटिकल नै छ तर, सुधार हुने क्रममा छ । खुट्टाको चाल हिजोको भन्दा राम्रो भएको छ’, नर्भिकका एक चिकित्सकले भने, ‘बिहान टाउको सिटिस्क्यान गरिएको छ । ड्रेन राखिएको छ ।’ बेहोस...

  • २०७७ फाल्गुण १५, शनिबार

    नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिएन

    काठमाडौँ – पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका...

  • २०७७ फाल्गुण १४, शुक्रबार

    कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न

    काठमाडौँ – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर मस्तिष्कघात भएपछि शरीरको देब्रे भाग नचल्ने समस्या देखियाे । उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्याइएको थियो। त्यहाँबाट बिहानै थापाथलीस्थित नर्भिक अस्पताल सारियो। मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकहरूले बताएका छन्। ब्रेन ह्यामरेज भएको र अवस्था चिन्ताजनक...

  • २०७७ फाल्गुण ११, मंगलबार

    आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

    काठमाडाैँ – आज प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाउँदै छन् । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो । उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

Pages