STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालको पहिलो महिला कुश्तीबाजलाई कलाकार संघको सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ३०, बुधबार

नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा  नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई  संघको कार्यालयमा अध्यक्ष रविन्द्र खडकाले तेईस हजार सहयोग रकम प्रदान गर्नु भयो ।

मङ्गलबार सम्पन्न कार्यक्रममा नेपालको पहिलो महिला कुश्तीबाज अनि रेसलर तथा फाउण्डेसनकी अध्यक्ष भगवती खडका कोभिड को दोश्रो भेरियन्टबाट पिडित हुनु भएको थियो भने उहाँको संस्थासंग सम्बन्धित रहेको ४०/४५ जना महिला रेसलरहरू लाई निषेधाज्ञाको समयमा उहाँले नै  राहत तथा आर्थिक सहयोग गर्नु भएको थियो ।

आफु कोभिडबाट पिडित भएको र महिला रेसलरलाई सहयोग समेत गर्नु परेको अबस्था उल्लेख गरी संघमा सहयोगको अनुरोध गर्नु भएकाले संघले नेदरल्यान्डमा रहनु भएकी नायिका बर्षा खडकाबाट सातहजार पाँचसय,समाजसेवी बिक्रम खडकाबाट पाँच हजार पाँचसय,नेपाल चलचित्र कलाकार संघ यु के शाखाको तर्फबाट पाँचहजार र संघकी कार्यकारिणी सदस्य तेजुला खतिवडाबाट पाँच हजार गरी जम्मा   तेईसहजार रुपिंया रकम भगवती खडकालाई प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला,नेपाल चलचित्र कलाकार संघ यु के शाखाका उपाध्यक्ष सुरेश पाठक , संघको  कार्य समितिका सदस्य जीवन थापा ,कलाकार राजु शाही ,समाजसेबी बिक्रम खडका लगायतको उपस्थिति रहेको थियो ।

सहयोग रकम प्रदान गर्दै अध्यक्ष रबिन्द्र  खडकाले महिला रेसलर भगवतीले रेसलिंग तथा कलाको माध्यमबाट पुर्याउनु भएको योगदानको चर्चा गर्दै राष्टि्य प्रतिभाहरूलाई सरकारले संरक्षण तथा प्रोत्साहन गर्नु पर्ने त्तर कहि कतैबाट सहयोग नभएको तथ्य औल्याउदै  प्रोत्साहनका लागि वहालाई सहयोग गरिदिन सबैमा अपिल पनि गर्नु भएको कुरा उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनु भयो ।

Categorized in व्यक्तित्व