STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शताब्दी पुरूष जोशीको स्वास्थ्यमा सुधार

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २७, बिहिबार

वाङमय शताब्दी पुरूष   विशिष्ट संस्कृतिविद् डा.सत्यमोहन जोशीको मुटुमा समस्या आएपछि बुद्धबार  उहाँलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो भने आज विहिबारदेखि उहाँको स्वास्थ्यमा सुधार आएको व्यहोरा मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको कुरा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जनाएको छ ।

छाती दुख्न र पोल्न थालेपछि डा.जोशीलाई अस्पतालमा पुर्याइएको थियो भने ओेैषधी चलाएको आधा घन्टापछि उहाँलाई आराम हुन थालेको बताइएको छ । उहाँको स्वास्थ्य स्थितिबारे जानकारी दिने क्रममा अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले बताउनु भए अनुसार हिजै उहाँले घर जाने इच्छा प्रकट गर्नुभएको थियो तर  उहाँको विशेष उपचार गरिरहेकाले उहाँलाई पूर्ण रूपमा आराम भएपछि मात्र उहाँलाई घर पठाउने बताइएको छ ।

स्मरणरहोस् डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ ।

डा.जोशी वैशाख ३० गतेका दिन १०२ वर्षमा प्रवेश गर्नु भएको हो ।

शताब्दी पुरूष डा. सत्यमोहन जोशीको शीघ्र स्वास्थ्य लाभका लागि जनजातिखबर परिवार ईश्वरसँग प्रार्थना गर्दछ ।

Categorized in व्यक्तित्व