STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चित्रकलाका शिखर पुरुष, नेपाली फिल्मका प्रथम भिलेन उत्तम नेपालीको निधन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ६, बुधबार

नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ ।  विशिष्ट कलाकर्मि  नेपालीकोबारे धेरै कुरा प्रकाशमा आएपनि उहाँ नेपाली फिल्मका प्रथम भिलेन हुनुहुन्छ भन्ने कुरा खासै बाहिर आएको छैन ।  उहाँले वि सं २०२२ साल असोज १५ गते प्रदर्शित आमा फिल्ममा खराब मानिस यानिकी भिलेन भएर अभिनय गर्नु भएको थियो । यस हिसाबले उत्तम नेपाली नेपाली फिल्म क्षेत्रका पहिलो भिलेनका रुपमा लिनु पर्दछ ।

काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मनुभएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मनुभएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । उहाँले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गर्नुभएको थियो ।

साहित्यकार , चित्रकलाकार , अभिनेता  नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उहाँको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गर्नुभएका उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित हुनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Categorized in व्यक्तित्व