STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निशा घिमिरे संरक्षण कोश स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १, मंगलबार

दुई बर्ष अगाडी भएको सड़क दुर्घटना बाट गम्भीर अबस्थामा रहनु भएकी अभिनेत्री/मोडल निशा घिमिरेको उपचार नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी तथा अस्पतालकी निर्देशक मेघा चौधरीको सदाशयता र सदभावबाट निःशुल्क भैरहेको छ भने उनको स्वास्थ्य आशातित रुपमा सुधार पनि भईरहेको कुरा नेपाल चलचित्र कलाकार संघले जनाएको छ ।

अभिनेत्री निशाको अबस्था सार्वजनिक भएपछि कलाकार  संघको समन्वय मा  शुभचिन्तक एवं केही संघ/संस्थाबाट सहयोगका लागि आव्हान भएको थियो । सोही अनुरूप धेरै तिरबाट संस्थागत एवं व्यक्तिगत सहयोग पनि आईरहेको जनाउँदै संघले सम्पुर्ण सहयोगी हरुमा  हार्दिक आभार प्रकट गरेको छ भने   हाल निशाको स्वास्थ्य उपचार खर्च अस्पतालले नै व्यहोर्ने भएकाले निशाको सहयोगकालागि प्राप्त भएको रकम निशाकै लागि ख़र्च हुनु सान्दर्भिक हुन आउने हुनाले निशालाई उद्धार गर्ने संस्था नवजीवन ,सहयोगकालागि पहल गर्ने संस्था नेपाल चलचित्र कलाकार संघ बीच आपसी छलफल हुँदा उपचार पछि पनि निशाको पालन पोषण लगायत जीवनलाई सुचारू गराउन रकम आवश्यक पर्ने हुँदा भविष्य लाई दृष्टिगत गरी एउटा कोष खडा गरी रकम सुरक्षित गर्ने निष्कर्ष निकालिएको छ भने सोही अनुरूप चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र विशिष्ट चलचित्रकर्मी बसुन्धरा भुसाल तथा अन्य महानुभावहरुबाट प्राप्त सल्लाह अनुसार  तीन सदस्यीय निशा घिमिरे संरक्षण कोष गठन गरिएको छ ।

उक्त कोषमा नवजीवन संस्थाको तर्फबाट दुर्गानीधि दाहाल संयोजक, कलाकार संघको तर्फबाट उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला कोषाध्यक्ष र अभिभावकको तर्फबाट निशाका पिता प्रेमप्रसाद घिमिरे सदस्य रहनुभएकोछ ।

यो तीन सदस्यीय निशा घिमिरे संरक्षण कोषको नाममा कृषि बिकाश बैक,महाराजगन्जमा खाता खोलिएको   व्यहोरा पनि जानकारी दिएको छ ।

कलाकार घिमिरेको उपचारमा खर्च गर्न विभिन्न माध्यमहरु लगायत   चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसालले नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमेरेको परिवारलाई उपचार सहयोगका लागि रू ५१०००।-(एकाउन्न हजार) रक़म हस्तान्तरण गर्नु भएको छ ।

हाल सम्म प्राप्त भएको रू १९७५५०।-(एकलाख सन्तानब्बे हजार पाचसय पचास) कोषमा जम्मा भैसकेको कुरा  पनि संघले जानकारी गराएको छ भने निशालाई सहयोग गर्न चाहनु हुने स्वदेशी तथा बिदेशी दाता र सहयोगी मनहरूलाई 'निशा घिमिरे संरक्षण कोष', बचत खाता नं ,०२१०४०१८८३००९०१८, कृषि बिकाश बैक,महाराजगन्ज,काठमाण्डौं को खातामा रकम जम्मा गरिदिन हुन पनि संघका अध्यक्ष रविन्द्र खडकाले अनुराेध गरेको छ ।

Categorized in व्यक्तित्व