STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कलाकार शाक्यको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २२, शनिबार

कलात्मक हस्तकलाका मूर्धन्य कलाकार एवं मूर्तिकार राजकुमार शाक्यको शनिबार निधन भएको छ ।

कलाकार शाक्यका एक विद्यार्थी मंजिल शाक्यले दिएको जानकारी अनुसार उनलाई कोरोना भाइरसको संक्रमण भएपछि उपचारको लागि सुमेरु अस्पताल भर्ना गरिएको थियो । शाक्यको सोही अस्पतालमा निधन भएको थियो ।

शाक्यको पूरै परिवार कोरोनाभाइरसको संक्रमणमा थिए । यसअघि संक्रमणकै कारण उनको पिताको एक महिनाअघि मात्र निधन भएको पनि मंजिल शाक्यले जनाएका छन् ।

ललितपुर थैना निवासी ६० वर्षीय कलाकार शाक्यद्वारा निर्मित ११५ फिटको पद्मसम्भव गुरुको मूर्ति भुटानमा अवस्थित छ । सोही मूर्तिकै कारण शाक्यले भुटानको राजकीय सम्मान पाउन सफल भएका छन् ।

दिवंगत कलाकार शाक्य गोरखा दक्षिण बाहुबाट सम्मानित व्यक्तित्व हुन् ।

उनका जहान, दुई छोरा, दुई भाई र तीनजना बहिनी रहेका छन् ।

Categorized in व्यक्तित्व